२०७७ माघ १३

गन्तव्य नेपालका अध्यक्ष अधिकारीले आमाको नाममा कल्याणकारी कोष र पत्रकारिता पुरस्कार स्थापना गर्ने

काठमाडौं, ११ बैशाख । मातातीर्थ औंशीको अवसरमा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा समाजसेवी शिव अधिकारी (अविरल) ले स्वर्गीय आमा गौरादेवी अधिकारीको नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको कल्याणकारी कोष तथा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन् । ६० हजार एक सय ११ रुपैयाँको गौरादेवी आमा कल्याणकारी कोष र ४० हजार रुपैयाँको गौरादेवी पत्रकारिता पुरस्कार कोष गर्ने घोषणा गरेका हुन् ।

 

गौरादेवी पत्रकारिता पुरस्कार नुवाकोट जिल्लाका २ जना र राष्ट्रियस्तरका २ जना गरी ४ जना पत्रकारलाई जनही १०, १० हजार रुपैयाँका दरले प्रदान गरिने छ । यस वर्षको यो पुरस्कार आगामी दुई महिनाभित्र हुने गन्तव्य नेपालको साधारण सभामा प्रदान गरिने जानकारी दिए । कल्याणकारी कोषको रकम भने दिन, दुखि असहाय आमाहरुको आकस्मिक उपचारका लागि सहयोग प्रदान गरिने छ ।

 

पत्रकारिता र पर्यटन उद्यममा दुई दशक बिताएका अधिकारी एक दशकदेखि समाजसेवामा सक्रिय छन् । जन्मथलो नुवाकोटको तारुकाबाट समाजसेवा सुरु गरेका अधिकारी तारुकाबाट तारकेश्वर, त्यहाँबाट सिङ्गो नुवाकोट हुँदै राष्ट्रिय स्तरमै एक गतिशील सामाजिक व्यक्तित्वका रूपमा चिनिन थालेका छन् ।  तारकेश्वरभित्र २०७२ को महाभूकम्पपछिको पुनर्निर्माणमा उल्लेख्य योगदान गरेका अधिकारी त्यसयता गाउँको स्वास्थ्य, शिक्षा, खानेपानी, महिला सशक्तीकरण, युवा तथा खेलकुद लगायत क्षेत्रको विकासमा समर्पित छन् ।

 

अहिलेको कोरोना महामारीका बीच उनले कोरोना प्रतिरोधी अभियान चलाइरहेका छन् । जसअन्तर्गत, तारकेश्वर गाउँपालिकाभरि घर(घरमा सचेतना तथा मास्क वितरण कार्यक्रम चलिरहेको छ । हालसम्म गाउँपालिकाका ६ वटै वडामा गरी १६ हजार थान मास्क वितरण भइसकेको छ भने यसलाई जारी राख्दै छिमेकी गाउँपालिकाहरूमा पनि मास्क वितरण अभियान विस्तार गर्ने उनको योजना छ ।

 

लकडाउन अघि अधिकारीले अस्थायी रूपमा काठमाडौं बस्दै आएका घर फर्कन चाहने नुवाकोटेहरूका लागि निः शुल्क बस को व्यवस्था गरेका थिए । उनको संयोजनमा लकडाउन अघिका दुई दिनमा एक दर्जन बस काठमाडौंबाट त्रिशुली पठाइएको थियो । यसैबीच, उनले नुवाकोट जिल्लाको उत्तरी भेगमा पर्ने किस्पाङ गाउँपालिकामा सेवामा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि १० थान पिपिई तथा एप्रोन सेट समेत उपलब्ध गराएका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016