आर्यघाटमा २५ भन्दा बढी मलामी आउन रोक
काठमाण्डौं, ७ फागनु । कोरोनाको संक्रमण फैलन नदिन पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ।
कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो।
त्यस्तै, पशुपति आर्यघाटको पारीपट्टि हुने आरतीसमेत बन्द गर्न भनिएको छ । पशुपतिमा हरेक साँझ आरती हुने गर्छ। जहाँ सयौं मानिस आरती सुन्न आउँछन्।








भिडियो
Leave a Reply
Be the First to Comment!