फागुन ९ र १० का लागि तोकिएको दोस्रो आन्तरिक पर्यटन मेला जेठ १६ र १७ मा सारियो
काठमाडौं, ५ फागुन । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको दोस्रो आन्तरिक पर्यटन मेला आगामी जेठ १६ र १७ गते हुने भएको छ । यही फागुन ९ र १० गते उक्त पर्यटन मेला गर्ने तयारी गरिएको भए पनि चीनमा फैलिएको कोरोना भाईरसको कारण पर्यटनमा परेको प्रभावले गर्दा पछि सारेको जानकारी दिइएको छ।
पहिले देश अनि विदेश भन्ने नारासहित गत वर्षदेखि सुरू गरिएको मेलाले आन्तरिक पर्यटन प्रवर्द्धनलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य र पर्यटकीय गतिविधिको प्रदर्शन गरिने गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । पहिलो पर्यटन मेला सफल भईकोले यसलाई पनि सफल बनाउँन मिति परिवर्तन गरिएको उनले बताए ।
त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुम बहादुर सुवेदीले चीनमा फैलिएको कोरोना भाईरसले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको हुँदा पर्यटन मेला समय अनुकुल गर्नु उचित भएको जानकारी दिए । त्यसैगरी पर्यटन विज्ञ आङछिरिङ शेर्पाले जाडो महिनामा कोरोना भाईरस फैलने भएकाले त्यसको सिकार नेपाल पनि पर्ने हो कि भनेर गर्मी महिनामा गर्न लागिएको जानकारी दिए ।
मेलामा ७७ वटै जिल्लाका पर्यटकीय सम्भावना र नेपाली कला संस्कृतिका १ सय ५० वटा स्टल रहने छ। त्यसमा पनि हालसम्म ७३ वटा स्टल बिक्री भई सकेको छ ।








Leave a Reply
Be the First to Comment!