२०७७ कार्तिक ८

इन्स्योरेन्समा ‘विश्वास’ बेच्ने विवेक

काठमाडौ, ४ फागुन । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो। पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे। हजुरबुबा गाउँभरिकै लोकप्रिय अगुवा थिए। प्रख्यात जानकी मन्दिर नजीकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले उनकै नाम लिन्थे। सुख दुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा ‘आइकन’का रुपमा लिन्थे।

हजुरबुबाको परिवार कृषिमा आधारित थियो। पाँच दाजुभाइमध्ये जेठा झाको व्यवस्थापन कला आफैँमा प्रसिद्ध थियो। कसैलाई भेदभाव नगर्ने, सबैसँग समान व्यवहार गर्ने, आर्थिकदेखि कूटनीतिकरूपमा पनि चातुर्य हजुरबुबाको स्वभाव अनि एक सय जनाको परिवार व्यवस्थापन गर्ने हजुरआमाको खुबी साँच्चै अनुकरणीय थियो।

आखिर के चीज रहेछ, सबैले मान्ने र पुज्नेरु मेरो बाल मस्तिष्कले केही भेउ पाएको थिएन। रुपैठा गाउँमा असाध्यै चोरी हुन्थ्यो। दक्षिणबाट आएका डाँकाले गाउँबस्ती सखापै हुने गरी लुटपाट गर्थे। त्यसबाट जोगिन सात–आठजना स्वयंसेवक अघिपछि लगाएर हिँड्ने हजुरबुबा एकातिर, अर्कोतिर संयुक्त परिवारको व्यवस्थापन गर्ने अजुरआमाको कला के हो रु मेरो कलिलो मनले धेरै भेउ पाएको थिएन।

त्यसमाथि तराईको ब्राह्मण समुदाय झा। जनकपुरमा त झा भनेपछि दिइने सम्मान पनि अजिबको नै छ। प्रसिद्ध पण्डितको परिवार। हुने खाने पनि आउँथे, नहुने पनि आउँथे। कोही खाली हात फर्कंदैनथे। होइन, यो उल्का के होलारु भनेर मेरो मनमा बिझाइरहन्थ्यो तर, त्यो एउटा व्यवस्थापनको ठूलो कला रहेछ। ठूलो परिवार मिलाउनेदेखि गाउँ नै मिलाउने कुरा फरक क्षमता भएकाले मात्रै सक्दा रहेछन्।

हजुरआमा निरक्षर थिइन्। तर, रामायण महाभारत सबै पढ्न सक्ने। सबैले आदर गरेर ‘माई’ सम्बोधन गर्ने उनै हजुरआमा, सबैले पुज्ने र सम्मान दिने उनै हजुरबुबाका नाति विवेक यतिखेर देशकै ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत  छन्।

बीमामा विशेषगरी विश्वास बेचिन्छ। नेपाल लाइफको मन्त्र पनि त्यही हो। उसले विश्वास बेचेको छ। एकपटक बीमा गर्न आएका पुनः फर्केर त्यही आउँछन् र भन्छन् नेपाल लाइफ नै ‘वेस्ट’।

नजिकै पाठशाला थियो। हालको जनकपुर कलेज नजिकै। राजनीतिका कुरा पनि हुन्थे, समाज सुधारको चर्चा पनि चल्यो। विवेकका हजुरबुबा त्यसका साक्षी थिए। “पढे–लेखेको नभए पनि व्यवस्थापनको कुरा मैले उहाँबाटै सिकेको हो”, झाले भने। कुनै समय कान्छा प्रमुख कार्यकारी अधिकृतको परिचय बनाएका विवेक विगतमा फर्कन्छन र वर्तमानसँग जोड्छन्।

बुबा वीरगञ्जमा रहेको कृषि औजार कारखानाको महाप्रबन्धक भएर अवकाश पछिको जीवनमा छन्। कालीकान्त झा वास्तविक नाम भए पनि साहित्यमा समेत जमेका उनलाई केहीले ‘तृषित’का नामले समेत चिन्छन्। तराई त्यसमाथि पनि जनकपुरमा बिहान, दिउँसो, साँझ र रातको समयमा गाउने फरक–फरक खालका गीत छन्। यस्तै विवाह, व्रतबन्ध तथा अन्य सांस्कृतिक कर्म गर्दा पनि त्यस्तै गीत गाइन्छ। ती सबै गीत जान्ने र लेख्ने क्षमता कालीकान्तमा थियो र छ। त्यस्तै, जन्मकुण्डली बनाउने, राशि लेख्नेदेखि ज्योतिष कर्ममा समेत कहलाएका विवेकका बुबा पनि उस्तै परिचित व्यक्तित्व हुन्।

इस्टिच्युट अफ चार्टर्ड एकाउन्टेन अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण झालाई व्यवस्थापन क्षेत्रमा छिर्नु नै थियो। विगत सम्झँदै उनले भने, “१८ वर्ष भयो सिए पास गरेको मात्रै, नेपालको बैंकिङ क्षेत्रमा कुनै समयका स्थापित एवम् लोकप्रिय नाम रत्नराज बज्राचार्यले तातेताते गराएर हिँडाएको आजै जस्तो लाग्छ।”

“सिए पास गरेर आएपछि आठ वर्ष जति आर बज्राचार्य एन्ड कम्पनीमा काम गरे, म फर्मको पार्टनर समेत भइसकेको थिए, जुन बेला नेपाल लाइफ इन्स्सुरेन्स कम्पनी दर्ता हुँदै थियो, त्यतिबेला मैले यहीँ कम्पनीको कन्सल्ट्यान्ट अडिटरका रुपमा काम गरेको थिए, कुनै समय आफैले लेखापरीक्षण गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन्छु भन्ने मलाई लागेको थिएन”, उनले भने, “म यो कम्पनीमा आउँछु भन्ने त झन् छँदै थिएन।”

हालको प्रभु (साबिक एलाइन्स), एलआइसी, युनिलिभर, नेपाल आयल निगम, उदयपुर सिमेन्ट तथा विभिन्न बैंकको समेत अडिट गरेको फेहरिस्त उनले सुनाए। भने, “एनबी इन्सुरेन्समा त १० महिना जागिर नै खाए, मेरो कर्पोरेट तर्फको यात्राको पहिलो खुड्किलो थियो माछापुच्छ्रे बैंक, दुई वर्ष जति त्यहाँ काम गरे।”

विवेकले अझै पुराना दिन स्मरण गर्न थाले। “कृषि औजार कारखानाको महाप्रबन्धक बुबाको घुम्ने कुर्सीले पनि मलाई तान्थ्यो, “म गएर बबाको कुर्सीमा बसिदिन्थे। घुम्ने कुर्सी त्यसमाथि ‘टावेल’ राखेको हुन्थ्यो। यो कुर्सीमा कसरी बस्न पाइएला भनेर मेरो मनमा एक प्रकारको खुल्दुली चलिरहन्थ्यो”, उनले भने, “म खुर्रर दौडेर जान्थे र बसिहाल्थे, त्यो मेरो व्यवहार देखेर बुबा हाँस्नुहुन्थ्यो।”

हजुरबुबा, हजुरआमाको जस्तै पिताजीको पनि व्यवस्थापन कला असाध्यै अनुकरणीय रहेको झाको स्मरण छ। “कार्यालय व्यवस्थापनको कौशल मैले पिताजीबाट सिकेको हो”, विवेकले भने, “कुनै समय लेखापरीक्षण गरेको कम्पनीको नै प्रमुख हुन्छु भन्ने त लागेको थिएन तर समयले मलाई यो स्थानमा ल्याइदियो।”

विसं २०३० मा जन्मिएका झा आफूलाई अरूका लागि बाँच्ने एउटा सामान्य व्यक्तिका रुपमा चिनाउँछन् । जीवनलाई सरल बनाउन खोज्ने उनको विशेषता छ। माछापुच्छ«ेमा आन्तरिक अडिटरको रूपमा रहँदै गर्दा नेपाल लाइफको तत्कालीन व्यवस्थापनले झाको योग्यता र क्षमता अनुमान लगाइसकेको थियो। त्यसमाथि आफ्नै कम्पनीको ‘अडिट’ गरेको व्यक्ति। मनोज भट्टराई प्रमुख कार्यकारी अधिकृत थिए। नेपाल लाइफको व्यवस्थापले झालाई सिनियर डिजिएम भएर आइदिन पटक–पटक आग्रह ग¥यो।

जसले प्रयास गर्छ, त्यो सफल हुन्छ, प्रयास नै नगर्नेले त सफलता र असफलताको स्वाद नै चाख्न पाउँदैन। कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष पूरा भयो।

शुरुमा त केहीले बच्चा सिइओ भनेर पनि उडाए। तर, उनले त्यसको जवाफ मेहनतले दिए । अहिले कम्पनी सफल हुँदै गएको छ। झा जाँदा ५३ करोडको व्यवसाय हुने गरेको नेपाल लाइफले गत आर्थिक वर्षमा मात्रै नौ अर्ब रुपैयाँको व्यवसाय गरेको छ। बीमा बजारमा १८ प्रतिशतको हिस्सामा रहेको नेपाल लाइफ अहिले ३० प्रतिशतको हाराहारीमा छ। जीवन बीमा कम्पनीको हकमा एक तिहाइ हिस्सा त नेपाल लाइफकै छ।

बीमाबारे बुझेका भनिएकाहरु पनि सीमापारि जान्थे बीमा गर्न तर आज अवस्था फेरिएको छ। २० करोड रुपैयाँ सञ्चालकको लगानी र पाँच करोड नागरिकको लगानीबाट शुरु भएको नेपाल लाइफले बीमा क्षेत्रको इतिहास नै बदलिदिएको छ।

बीमामा विशेषगरी विश्वास बेचिन्छ। नेपाल लाइफको मन्त्र पनि त्यही हो। उसले विश्वास बेचेको छ। एकपटक बीमा गर्न आएका पुनः फर्केर त्यही आउँछन् र भन्छन् नेपाल लाइफ नै ‘वेस्ट’। अवधि पुगेकाले समेत बीमा रकम लिएर पुनः बीमा गर्न आउँछन्। शुरुआती दिनमा ‘नेक टू नेक’ व्यापार गर्ने अन्य बीमा कम्पनीलाई धेरै पछाडि छाडेर लामो दौडको घोडाका रुपमा आफूहरु अगाडि बढेको झाको दाबी छ।

झाको आफ्नै सिद्धान्त छ ‘बिल्ड टू लास्ट’। जति पनि रणनीति लिइन्छ, त्यो लामो समयका लागि हो। विश्वका उत्कृष्ट दशमा पर्ने बीमा कम्पनीको इतिहास हेर्ने हो भने पनि उनीहरुले तत्कालको फाइदाभन्दा पनि दीर्घकालीन फाइदाका लागि काम गरेका छन्। विशेषतः बिमितको विश्वास खण्डित हुन दिनुहुँदैन, परेको बेलामा प्राप्त हुने सहयोग नै जीवनभरका लागि स्मरण बन्न सक्छ।

नेपालमा बीमाको हिस्सा करीब २५ प्रतिशतको हाराहारीमा पुगेको छ। वैदेशिक रोजगारीमा जानेका लागि गरिने म्यादी जीवन बीमाको तथ्याङ्क यसमा छैन। भारतको भन्दा नेपालको बीमा विस्तार राम्रो छ। कतिपय कम्पनी समस्यामा परेको बेलामा पनि नेपाल लाइफको गति भने एउटै छ। दश लाखभन्दा बढी त बीमा गर्ने नै पुगिसके। सबै कोषको हिसाब गर्ने हो भने करीब एक खर्बको हाराहारीमा पुगिसकेको छ। शेयरधनीले पनि राम्रै लाभांश पाएका छन्। बीमा गर्नेले पनि राम्रै मुनाफा लिँदै आएका छन्।

चालीस हजारको हाराहारीमा अभिकर्ता बनाएको नेपाल लाइफका प्रमुख झाको भनाइ छ। “परेको बेलामा म यस्तो गर्छु है भन्नेले जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने कुरा नै महत्वपूर्ण हुन्छ”, उनले भने, “बिमितलाई पर्ने विश्वास नै हाम्रो प्रमुख सम्पत्ति हो, त्यो नै हाम्रो परीक्षण हो, हामीले भनेको कुरा पूरा ग¥यौ भने त्यो सही ठहरियो, गर्न सकेनौँ भने त्यो असफल भयो।”

बिमितलाई दिएको विश्वास र प्रतिबद्धता पूरा गरेकै कारण नेपाल लाइफ लोकप्रिय भएको झा बताउछन्। आज कुनै काम गरिँदैछ भने त्यो आजका लागि मात्रै नभई भोलिका लागि हो भन्नेमा स्पष्ट हुनुपर्ने फराकिलो सोच छ उनीसँग।

विगतमा बीमा कम्पनीप्रतिको विश्वास नै कम थियो। कम्पनी रहन्छ कि रहँदैन, १५ वर्षपछि पैसा कसरी लिने भन्ने थियो तर नेपाल लाइफले बिमितलाई तपाईंको अवधि पूरा भयो, रकम लिन आउनुस् भनेर फोन नै गर्न थालेको पनि धेरै भयो। “बिमितले बिर्सेको भए पनि हामीले फोन गरेर नै रकम लिन आउनुस् भन्न थालेका छौँ, पैसा तिर्नमात्र होइन, लिन आउनुस् भनेर हामीले शुरु गर्दै गर्दा विश्वासको मात्रामा यत्ति धेरै बढोत्तरी भएको छ कि नेपाल लाइफको ‘माउथ पब्लिसिटी’ नै भएको छ”, उनले सुनाए। कम्पनीको सुरक्षित जीवन बीमा बढी प्रचलित छ।

यस्तै ‘मनी ब्याक’ योजना पनि उस्तै लोकप्रिय छ। कुनै दीर्घरोग लाग्यो वा ‘क्रिटिकल इलनेस’ भयो भने कुनै पनि गुनासो नराखी बीमा रकम उपलब्ध गराएको झाको दाबी छ।

केहीले बीमा रकम लिन लामो समय लगाएको गुनासो पनि आएको छ। बीमा गर्दा दिइने कागजातमा उल्लेख गरिएका सर्तहरु लागू हुनेछन् भन्ने कुराले समस्या पनि पारेको छ। मसिनो अक्षरमा लेखिने सर्तहरु आम मान्छेले पढ्दैनन् पनि। सोही कारण दुःख पाएको गुनासो पनि आएकै छ।

उनले मृत्युतर्फको १५० वटा दाबीको भुक्तानी बाँकी रहेको तथ्याङ्क दिए। गलत व्यक्तिले दाबी भुक्तानी पाउनु पनि गलत हुने भन्दै उनले समस्यारहित ढङ्गले काम गरिरहेको बताए।

नेपाल लाइफको चुक्ता पुँजी पाँच अर्ब ४९ करोड, रिजर्भमा दुई अर्ब ५० करोड छ। यस्तै जीवन बीमा कोषमा ७८ अर्ब छ। यस्तै लगानी झण्डै ८५ अर्ब रुपैयाँ छ। चालु आवको ६ महिना मात्रै चार अर्ब रुपैयाँ भन्दा बढी नयाँ बीमा गरेको छ। यस्तै कूल प्रिमियम मात्रै १४ अर्ब रुपैयाँ बराबर भएको छ।

यस्तै बिमितले ५ अर्ब ७३ करोड रुपैयाँ ऋण लिएका छन्। कम्पनीका २०० शाखा सञ्चालनमा छन्। नेपालको विश्वस्तरीय दर्जाको कम्पनीका रुपमा नेपाल लाइफ स्थापित छ।

यस्तै बैंकका मुद्दति खाता मात्रै कम्पनीले ७५ प्रतिशतभन्दा बढी रकम जम्मा गरेको छ। शेयर बजार, पूर्वाधार विकास बैंकमा नौ प्रतिशत लगानी छ भने कम्पनीले आफ्नै लगानीमा कमलपोखरीको सिटी सेन्टरमा लगानी गरेको छ।

यस्तै, अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर प्रविधिको क्षेत्रमा पनि केही गर्ने सोच बनाएको छ। ‘हाउजिङ’ व्यवसायमा पनि हात हाल्ने सोच छ। शेयरधनीलाई औसतमा ४०० प्रतिशतको हाराहारीमा लाभांश दिएको उनको दावी छ।

यस्तो छ कम्पनीको पछिल्लो विवरण

कम्पनी चालु आवको छ महिनामा २५।०९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ। कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार ३५ करोड नौ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा कम्पनीले खुद नाफा २८ करोड पाँच लाख २६ हजार थियो।

गत आवको पुस मसान्तसम्म १० अर्ब ४७ करोड ५४ लाख बीमा शुल्क आर्जनमा ३२।७९ प्रतिशतले वृद्धि गरेर चालु आवको सोही अवधिमा १३ अर्ब ९१ करोड १० लाख ६३ हजार रूपैयाँ पुगेको छ। सो अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिशन एक अर्ब ६१ करोड ११ लाख ८२ हजार वितरण गरेको छ। कम्पनीले तीन अर्ब १९ करोड कुल दाबी भुक्तानी गरेको छ। त्यस्तै, एक अर्ब २० करोड भुक्तानी हुन बाँकी दाबी छ।

रमेश लम्साल÷रासस

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016