२०७६ फाल्गुन १५

पर्यटन बोर्डको सिईओको रेशमा रहेका जोशी र श्रेष्ठ आउट भएपछि रेग्मीको सम्भावना प्रबल

काठमाडौं, ६ माघ । नेपाल पर्यटन बोर्डको सिईओका लागि धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐर छानिएका छन् । सिईओका लागि १७ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट ९ जना छनोटमा परेका थिए । त्यसपश्चात अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा अन्तिममा तीन जना छानिएका हुन ।

 

छनोट समितिले उनीहरुको नाम सिफारिस गरेको छ । सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको छ । समितिमा विज्ञका रूपमा पूर्वपर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे पनि छन् ।

 

अव तीन जनाबाट एक जना आगमी चार वर्षका लागि बोर्डको सिईओ बन्ने छन् । त्यसमा पनि रेग्मीको सम्भावना प्रबल छ । स्याङ्जाका रेग्मी पर्यटनका विज्ञ हुन । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत रहँदा क्याम्पसका तत्कालिन स्ववियु सभापति रवीन्द्र अधिकारीसँग नजिक बसेर काम गरेका थिए । अहिले उनी पर्यटन मन्त्री योगेश भट्टराई निकट मानिन्छन् । सिईओका लागि निकै बलिया प्रतिस्पर्धी मानिएका दिपकराज जोशी र बच्चुनारायण श्रेष्ठ अन्तिम तीनमा नसमेटिएपछि मन्त्रीको नजरमा रेग्मी परिसकेको व्यवसायीहरु बताउछन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016