२०७७ आश्विन १०

घट्दो क्रममा मुलुकको व्यापार घाटा

काठमाडौं, १६ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ३३ अर्व ६४ करोड रुपैयाँ व्यापार घाटा भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको यो अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले घटेको छ ।

 

गत आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ५ खर्ब ६९ अर्व ४९ करोड रुपैयाँ थियो । पाँच महिनामा ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ भने ४७ अर्ब ६१ करोड रूपैयाँको निर्यात भएको छ।

 

भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको आयात हुँदा ३२ अर्ब ५६ करोड रुपैयाँको निर्यात भएको छ। त्यस्तै चीनबाट १ खर्ब २ अर्ब ४७ करोड रुपैयाँको आयात हुँदा ८६ करोडको निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिने तथ्यांकमा सबैभन्दा बढी इन्धको आयात भएको देखिन्छ। तर, अघिल्लो वर्षको यही अवधिको तुलनामा इन्धन आयातको आकार भने घटेको छ । जसले, सम्पूर्ण आयातको तथ्याङ्कमा नै असर गरेको छ।

 

यस अवधिमा ८६ अर्ब १८ करोड रुपैयाँको इन्धन आयात भएको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा ९८ अर्ब ६० करोड रुपैयाँको इन्धन आयात भएको थियो। तथ्यांक अनुसार यस अवधिमा १२ अर्ब ४२ करोडले इन्धनको आयात घटेको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016