२०७६ फाल्गुन १५

भ्रमण वर्षको उद्घाटन भव्य हुने

काठमाडौ -नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने भएको छ । आगामी बुधबार पौने चार बजे काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिने भएको छ ।
भिजिट नेपाल २०२० जनवरी १ का दिन सरकारले ५ करोड बढी खर्चेर भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्न लागेको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

औपचारिक उद्घाटन दशरथ रंगशालामा भएता पनि सम्पूर्ण संघसंस्था तथा सर्वसाधारणलाई दिप प्रज्वलन गरि मनाउन सरकारले आग्रह गरेको छ । त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

यस्तै सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ३१ देशका पर्यटनमन्त्री र विशिष्ठ व्यक्तिलाई भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुने बताएका छन् ।
उद्घाटन समारोहमा भारत, चीन, बङ्गलादेश, युरोपलगायत देशका ४० भन्दा बढी प्रतिष्ठित सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहनेछ । सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016