२०७७ आश्विन १०

यती समूह माथिको प्रहार नियोजित भन्दै दुई पर्यटकीय संस्थाले जनाए गम्भिर ध्यानाकर्षण

काठमाडौं, १० पुस । नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण फरेष्ट रिसोर्ट रहेको करिब ३ हजार रोपनी जग्गा सरकारले २५ वर्षका लागि थप गरिदिएको छ । मन्त्रिपरिषदले काठमाडौंको गोकर्णस्थित २ हजार ९ सय ७१ रोपनी जग्गा यती समूहलाई दिने निर्णय गरेको हो । यही समूहको थामसेर्कु ट्रेकिङलाइ दरबारमार्गस्थित नारायणहिटी राजदरबार अघिल्तिरको ३० आना जग्गा पनि ३० वर्षका लागि व्यावसायिक प्रयोजनमा लगाउन दिइसकिएको छ ।

 

सरकारी यी दुई निर्णयमा खोट देखाउदै विभिन्न संचारमाध्यममा समाचार प्रकाशन, प्रशारण भएकोमा पर्यटनसँग सम्बन्धि दुई संस्थाले असन्तुष्टि जाहेर गरेका छन् । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्ट) र नेपाल पर्वतारोहण संघ (एनएमए)ले छुट्टा–छुट्टै विज्ञप्ती जारी गरि असन्तुष्टि जनाएका हुन ।

 

नाट्टाले जारी गरेको विज्ञप्तीमा पर्यटन व्यवसायमा उल्लेख्य योग्दान पु¥याएका व्यवसायीक प्रतिष्ठान र संचालकलाई निरुत्साहित पार्ने उद्धेश्यले प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । कानुनी राज्यको अवधारणा र प्रणालीलाई आत्मसाथ गर्दै अघि बढिरहेका बेला यस्तो समाचारले लगानीमैत्री वातावरणलाई दुषित बनाउने उल्लेख छ ।

 

त्यस्तै एनएमए अध्यक्ष शन्तबीर लामाले जारी गरेको विज्ञप्तीमा नेपालको पर्वतीय पर्यटनलाई विश्वव्यापी बनाउन योगदान दिने यती समूहको ठुलो हात रहेको उल्लेख छ । विदेशी दलाल र पुँजीवादको उक्साहटमा यस्ता समाचार प्रकाशन गरि स्वाभिमानी व्यवसायीलाई बदनाम गराउन खोजेकोमा गम्भिर ध्यानाकर्षण जनाएको छ।

 

सरकारले गत वर्ष मात्र कानुन संशोधन गरी नेपाल ट्रष्टको सम्पत्ति दीर्घकालीन रूपमा व्यावसायिक प्रयोजनमा लगाउन पाउने व्यवस्था गरेको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016