२०७६ फाल्गुन १५

पर्यटन बोर्डको सिईओ बन्न जोशी र बच्चुनारायण सहित १७ जनाको आवेदन

काठमाडौं, ९ पुस । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा १७ जनाको आवेदन परेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको चार वर्षे कार्यकाल पुस ७ गते सकिएको छ। उनी ७ गतेबाटै बिदामा बसेका छन् ।

 

नयाँ नियुक्तीका लागि जोशी सहित बोर्डकै निर्देशक, अधिकृत र पर्यटन व्यवसायीहरुको आवेदन परेको छ।

 

बोर्डबाटै आवेदन गर्नेमा निर्देशकद्वय काशिराज भण्डारी र हिक्मत सिंह ऐर छन् । प्रवन्धकहरुमा नविन पोखरेल, रोहिणी खनाल, उदय भट्टराई, लेखनाथ भुषाल र सूर्य थपलिया छन् । त्यस्तै, वरिष्ठ अधिकृत सन्तोष बिक्रम थापा र कुन्दन शर्माले आवेदन दिएका छन् ।

 

बोर्ड बाहिरबाट बच्चुनारायण श्रेष्ठ, दीपक बास्ताकोटी, विष्णुप्रसाद गौतम,विमल नेपाल, प्रमेश श्रेष्ठ, प्रयास अधिकारी र धनन्जय रेग्मीको आवेदन परेको छ ।
बच्चुनारायण श्रेष्ठ भ्रमण वर्ष २०२० सचिवालयका सदस्य सचिव हुन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016