२०७७ आश्विन १०

चाबहिल सांखु सडक खण्डले सास्ती, अझै निर्माणको छांटकाट छैन

काठमाडौ -काठमाडौँको चाबहिलदेखि साँखुसम्मको सडकखण्ड कालोपत्र नहुँदा स्थानीयवासी वर्षौंदेखि धुलो धुवाँ र खाल्डोको समस्याबाट आजित छन् । सरकारले गत २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा अर्थात् ४ लेनको सडक बनाउने योजना ल्याएपछि सो सडकखण्डको निर्माण शुरु भएको थियो ।

 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरी ४ निर्माण व्यवसायीलाई सडक निर्माणको ठेक्का दिएको थियो । ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा ४ कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी ५ ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । यस्तो छ अहिले यो सडक खण्डको हाल जहां सडक कै कारण दुर्घटना बढ्दो छ ।

चाबहिलदेखि साँखुसम्म पुग्ने सो सडकखण्ड काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर गरी ३ नगरपालिकामा पर्छ । ४ वर्षदेखि अलपत्र सो सडकको अवस्था धुलाम्मे र हिलाम्मे छ । अस्तव्यस्त सडकका कारण व्यापार नै छोड्नु परेको छ भने व्यापार व्यवसाय नै चौपट भएको व्यवसायीहरु बताउंछन् ।

सडक अवलोकनका नाममा मन्त्री, मन्त्रालयका कर्मचारी,, सडक विभागका कर्मचारी तथा यसै क्षेत्रबाट निर्वा्चित सांसद पटक–पटक चाबहिल हँुदै साँखु पुग्ने गरेका छन् । साँखुसम्म पुग्दा सडकको दुवस्था नजीकैबाट नियाल्ने गरेका भिआइपीले सडक निर्माणमा भने कठोर कदम चालेको पाइँदैन । राजधानी भित्रिने पूर्वी नाकाका रुपमा रहेको यस सडक वर्षौंदेखि अस्तव्यस्त हुँदा सवारी आवागमनमा कठिनाइ हुनाको साथै व्यापार व्यवसायमा पनि नकारात्मक असर परेको छ ।

साँखुसम्म पुग्ने भिआइपीप्रति यहाँका स्थानीयवासी निकै आक्रोशित हुने गरेका छन् । उनीहरुको एउटै माग छ, सडकको कालोपत्र छिटो होस् साथै सडकका कारण कोही पनि रोगको शिकार र दुर्घटनाका कारण अकालमा मृत्युवरण गर्न नपरोस् ।

 

ठेक्का दिइएको मितिदेखि आव २०७४÷७५ मा सडक निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुअब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको खम्बा र तार नपन्छाउनु, खानेपानी तथा ढल चुहावट भई सडक सतहमा पानी बग्ने जस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेको छ ।

 

सर्वोच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुअब्जा दिनुपर्ने आदेश दिएर उक्त मुद्दाको फैसला गरिसकेको भए पनि सडक निर्माणले भने अझै तीव्रता पाउन सकेको छैन । स्थानिय अझै शतप्रतिशत मुआव्जाको माग गरिरहेका छन् । सडकको दयनीय अवस्थाका कारण विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै अप्ठेरो हुने गरेको छ । ठूलो पानी पर्दा हिलो र नपर्दा धुलोले सडकमा हिँड्नसक्ने अवस्था नै छैन ।

 

सडकको विषयमा यस क्षेत्रमा धेरै आन्दोलन पनि भयो । सडक बन्द नै गरेर स्थानीयवासीदेखि व्यापारीसम्मले चक्काजाम नै गरे तर पनि सडकको निर्माणले पूर्णता पाउन सकेको छैन । अझै यो सडकखण्डले पूर्णता पाउन कति समय पर्खनुपर्ने हो त्यसको लेखाजोखा छैन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016