२०७७ आश्विन १०

फूर्पा घलेको ‘चन्द्र सूर्य’ ले छोटो समयमै चर्चाको शिखर चुम्दै

काठमाण्डौ । फूर्पा घलेको शब्द–संगित रहेको गिती संग्रह ‘चन्द्र सूर्य’ बजारमा आएको छोटो समयमै सर्वाधिक चर्चा बटुल्न सफल भएको छ । राष्ट्रिय भावले सजिएको उक्त गित खेलकुदलाई मध्यनजर गर्दै ‘हुटिङ सङ’का रुपमा बजारमा ल्याईएको हो ।

 

घलेको हालसम्म ६ वटा गित बजारमा आईसकेको छ । त्यसमध्ये एकमहिना अघि बजारमा आएको चन्द्रसुर्यले सर्वाधिक चर्चा बटुल्न सफल भएको हो । मनाङको तत्कालिन फिसाङ गाँउपालिका वडा नम्बर ६ का घले हिमाली गितकारका रुपमा परिचित छन । यसअघि उनका ‘हिमालको काखमा जन्मेको नेपालीको छोरो, ‘जन्मेपछि बाँचुञ्जेलसम्म चाहिने रैछ धन’ लगायतका बजारमा आइसकेका छन् ।

 

समाजसेवा र संगितलाई सँगसँगै अगाडि बढाएका घलेले केही समयअघि मृगौलापिडित समिर तामाङको जिबन बचाउनका लागि आर्थिक सहयोग समेत गरेका थिए ।

 

चन्द्र सूर्यमा गायक राजेशपायल राई र अनिल गुरुङले स्वर दिएका छन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016