२०७७ आश्विन १०

डोनल्ड ट्रम्प महाभियोग लगाइका तेस्रो अमेरिकी राष्ट्रपति, अब मुद्दा माथिल्लो सदनमा

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा गए राति महाअभियोग प्रस्तावमा मतदान भएको थियो ।

 

मतदानमा महाभियोगको पक्षमा २ सय ३० मत परेको थियो भने विपक्षमा १ सय ९७ मत परेको थियो ।

 

उनी तल्लो सदनबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।यसअघि एन्ड्यु जोन्सन र बिल क्लिन्टनविरुद्ध महाअभियोग लागेको थियो ।ट्रम्पमाथि व्यक्तिगत फाइदाका लागि युक्रेनलाई दबाब दिएको भन्दै शक्तिको दुरुपयोग र संसदमा बाधा पुर्‍याएको आरोपमा विपक्षी डेमोक्र्याटिक पार्टीले महाअभियोग प्रस्ताव गरेको हो ।

 

तल्लो सदनमा महाअभियोग पारित भए पनि त्यसको निर्क्यौल माथिल्लो सदनले गर्ने छ । माथिल्लो सदनमा सत्ताधारी रिपब्लिकनहरुको बहुमत छ त्यसकारण महाअभियोगबाट ट्रम्प पदमुक्त हुने सम्भावना भने कम छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016