२०७७ आश्विन १०

नेपाल भित्रिने रेमिट्यान्स निरन्तर घट्न थाल्यो

काठमाडौं । पछिल्लो समय रेमिटेन्स निरन्तर घट्न थालेको छ। चालु आर्थिक वर्षको चार महिनामा विदेशमा रहेका नेपालीहरुले पठाउने रकम रेमिट्यान्स आय २.३ प्रतिशतले घटेको छ। मुलुकमा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

 

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चार महिनाको तुलनामा २.३ प्रतिशतले घटेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमि आएको छ । तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो ।

 

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016