२०७७ आश्विन १०

एनआईसी एशिया बैंकको सामन्त र साहुमहाजनकै जस्तो व्यवहार, ऋणिको धितोमा गिद्दे नजर

काठमाडौं,२ पुस ।  बैंक तथा वित्तीय संस्था संचालनको विभिन्न उद्धेश्यमध्ये कर्जा मार्फत उद्योगी, व्यवसायी र आमसर्वसाधारणको आय–आर्जन बृद्धिमा सहयोग पु¥याउनु प्रमुख हो । हो । तर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले साहुमहाजनकै जस्तो व्यवहार देखाउने गरेको गुनासो बढ्दै गएको छ । यति मात्र होइन व्यक्तिको धितोमा समेत बैंकहरुले गिद्धे नजर लगाउने गरेका छन् ।

 

पछिल्लो समय शाखा र कर्जा प्रवाहमा आक्रामक एनआईसी एशिया बैंकले यस्ता हर्कतहरु दोहोर्याई रहेको पाइएको छ । काठमाडौं स्यिूचाटारका नरेशमान सिंहको धितोमा एनआइसि एशियाले यस्तै गिद्दे नजर लगाएको छ । उनले एक वर्ष अघि घर र जग्गा धितो राखेर एनआएसि एशियाको बानेश्वर शाखाबाट १ करोड ३० लाख रुपैयाँ कर्जा लिएका थिए । बैंकले उनको घर जग्गाको मूल्यांक १ करोड ४९ लाख रुपैयाँ गरेको थियो । गत वर्ष उनले १५ वर्षका लागि ऋण लिए । तर समयमा किस्ता नतिरेको भन्दै ऋण लिएको २ महिना नवित्दै उनलाई ३५ दिने सूचना जारी गर्यो । र, चौथो महिनामै उनको घर लिलामी प्रक्रिया अघि बढायो ।

 

गत साउनमा लिलामि मार्फत १ करोड ४९ लाख रुपैयाँ मूल्यांक गरेको घर बैंक आफैले ७६ लाखमा बिक्रीका लागि प्रक्रिया अघि बढायो । अझ यति मात्र होइन ऋणि सिंहलाई थप ६५ करोड ऋण तिर्न भन्यो । तर, घर जग्गा बिक्रीका लागि बैंकले कायम गरेको उक्त मूल्य सरकारी मूल्य भन्दा निकै कम हुनगएपछि मालपोत कार्यालयले जग्गा पास गर्न अस्विकार गर्यो । त्यसलगतै सिंह काठमाडौं जिल्ला अदालत गए । अदालगतले पनि उक्त घर जग्गा सिंहकै नाममा राख्न निर्देशन जारी गरेपछि बैंक पछि हटेको छ । कर्जा दिदा एउटा मूल्यांक र बिक्रीका लागि अर्कै मूल्यांक गर्नुलाई बैंक तथा वित्तीय संस्थाका नियामक निकाय राष्ट्र बैंकले बैंकिङ कसुरको रुपमा लिएको छ । कुनै पनि कारण धितोको मूल्य क्षयिकरण नहुदा मनलाग्दी मूल्यांकन गर्नु गलत भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

 

पछिल्लो समय एनआइसि एशियाले देशव्यापी शाखा विस्तार गरि ऋणिलाई क्षमता भन्दा बढी ऋण दिने र उसको धितोमा नजर लगाउने गरेको पाइएको छ। बैंकले काठमाडौंको म्हेपी स्थित औसवन्डाको मुद्धा परेको घर धितोमा राखि ऋण दिएर पछि सोही घर लिलामी गरि अर्कैलाई बेचेको छ । घर लिलामि वापत २४ लाख ५० हजार रुपैयाँ बैंकलाई बुझाएपनि अझै पास भएको छैन भने बैंकले अन्य कानुनी प्रक्रिया मार्फत विवाद सुल्झाउने वा लिलामि वापत लिएको रकम फिर्ता गर्न कुनै चासो नदेखाएको पिडितले गुनासो गरेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016