२०७७ आश्विन १०

सेयर बजारमा सुधारको संकेत

काठमाडौं । पछिल्लो साता सेयर बजारमा सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन आज सोमबार पनि बजारमा सुधार देखियो ।

 

आज १४.१३ अंकले बढेर परिसूचक ११४८.८९ मा उक्लियो । गत साता बजार ११११ विन्दुमा झरेको थियो ।

 

कारोबार पनि ४६ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको भएको छ । कम्पनीको सकारात्मक वित्तीय विवरण र लाभांश घोषणाले लगानीकर्ताहरुको मनोबल बढ्दै गएको छ।

 

लामो समय देखि बजार लगातार घट्दा लगानीकर्तामा निकै निराशा छाएको थियो । घटबढ बजारको स्वभाविक नियम हो । त्यसकारण बजार निरन्तर घटेपनि अव भने सुधार हुने लगानीकर्ताहरुको आशा छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016