२०७६ फाल्गुन १५

बुलर, लम्साल र अधिकारीद्वारा ढाँडाखर्कमा एक महिनामै खानेपानी परियोजना सम्पन्न, स्थानीय हर्षित

काठमाडौं, १२ मंसिर । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ ढाँडाखर्कमा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै स्वीस नागरिक बर्नहाट बुलर सहितको १० जनाको टोलीलाई स्थानीय बिदाई गरेका छन ।

बरिष्ठ पर्यटन व्यावसायी मोहन लम्साल र गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अबिरलले खानेपानी निर्माणमा स्वीस नागरिक बुलर र उनको टिमको भुमिका अतुलनीय रहेको बताए ।

अधिकारीले खानेपानी बितरणको बाँकी काम ३ साताभित्रै सम्पन्न गर्ने र ढाँडाखर्कको उपल्लो क्षेत्रमा रहेका ७ वटा बस्ती समेतमा खानेपानी वितरण गर्ने गरी काम पनि छिट्टै गर्ने जानकारी दिए । खानेपानी निर्माणपछि बितरणका लागि ट्यांकी निर्माण, पाईप बिछ्याउने, ह्वेल पाईप जडान, ईनट्ंयाकको काम सकिसकेको र अव छिटै ढाँडाखर्कबासीका घरघरमा पानी पुर्याउने जनाइएको छ।

बिदाई कार्यक्रममा बोल्दै स्वीस नागरिक बुलरले ढाँडाखर्कको भौगोलिक अवस्थीति र स्थानियसँग आफ्नो आत्मीय सम्बन्ध रहेको भन्दै जिबन पर्यन्त आफ्नो छोराले समेत ढाँडाखर्कबासीको जिबन उकास्न लागिपर्ने बताए ।

बुलर र उनको टिम तथा बरिष्ठ पर्यटन व्यासायी लम्सालको नेतृत्व र अधिकारीको संयोजनमा तारकेश्वरमा शिक्षा, स्वास्थ, बिद्यालय भवन निर्माण, खानेपानी, सडक लगायतका क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएका छन । खानेपानी घरघरमा जोडिने भएपछि ढाँडाखर्कबासी हर्सित देखिएका छन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016