२०७६ फाल्गुन १५

१२ वाणिज्य बैकको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । चालु आर्थिक बर्ष २०७६÷७७ को पहिलो त्रैमासिक अवधिमा बैक तथा वित्तीय संस्थाको नाफा औसतमा १० प्रतिशतले बढेको छ । हालसम्मको अवधिमा १२ वटा बैक तथा वित्तीय संस्थाले वित्तीय विवरण प्रकाशन गरेका छन् । जसअनुसार बैकहरुको नाफा औसत १० प्रतिशतले बढेको देखिएको हो ।

 

१२ बैकहरुको नाफा ५ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने बैकहरुको नाफा ५ अर्ब ६१ करोड रुपैयाँ थियो । सो अवधिमा वित्तीय विवरण प्रकाशन गरेका बैकहरुमध्ये ग्लोबल आईएमई बैकको नाफा सबैभन्दा धेरैले बढेको छ । बैकको नाफा ४० प्रतिशतले बढेको छ । नाफा बढाउँने दोस्रो पंक्तिमा सनराईज बैक परेको छ । चालु आवको असोज महिनासम्ममा बैकले ४५ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैकको नाफा ३३ करोड १४ लाख रुपैयाँ थियो । लक्ष्मी बैकको नाफा भने ३२ प्रतिशतले बढेको छ । सो अवधिमा बैकले ४० करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

 

तर, चालु आवको असोज महिनासम्ममा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा भने ग्लोबल आईएमई बैक सबै भन्दा अग्रस्थानमा छ । प्राइम बैक दोस्रो, प्रभु बैक, कृषि विकास र सानिमा बैक परेका छन् । नेपाल बैकको नाफा ३६ प्रतिशतले घटेको छ । सिटिजन्सको नाफा १८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016