२०७६ कार्तिक २६

टान बरिष्ठ उपाध्यक्षमा त्रितालको चर्चा

काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को बरिष्ठ उपाध्यक्षमा नबिन त्रितालले बाजी मार्ने संभावना बलियो बन्दै गएको छ । उनी खुम बहादुर सुबेदी नेतृत्वको प्यानलबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन ।

 

त्रितालले आफु अहिलेपनि व्यावसायीहरुको बिचमै रहेको र सबैले सकारात्मक प्रतिक्रिया दिएको बताए । भोली हुने टान निर्वाचनमा मुख्य रुपमा लोकतान्त्रिक समुह र नेकपासमुहबिच प्रतिष्पर्धा हुनेछ । जसमा त्रितालको संभावना बढ्दै गएको छ । संखुवासभाको चैनपुरमा जन्मिएका हुन । पर्वतिय पर्यटनको क्षेत्रमा उनले १९ बर्ष व्यतित गरिसकेका छन । एक्सपीडिसनहरुको संस्थामा उनी कार्यकारी सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुन । ठमेलमा एक्सपीडिसन हिमालय डट कम प्राईभेट लिमिटेडका सञ्चालक त्रिताल व्यावसायीहरुमाझ लोकप्रिय छन ।

उमेद्धवारी किन ?

नेपालको पर्वतिय पर्यटनका समस्याहरुलाई समाधान गर्नको लागि टानको स्थापना गरिएको हो । यद्यपी पछिल्लो समय व्यावसायीका मुद्धा र मजदुर बर्गको हकहित दुबै ओझेलमा परेको अवस्थामा पर्यटनमा नयाँ आशा जगाउनका लागि उमेद्धवारी दिएको छु । यसमा मुख्यतः हवाई क्षेत्र सुधार, पदयात्रा पर्यटन व्यावसायीका तमाम समस्या, नेपालको पर्यटनलाई पर्यटकमैत्री बनाउने, ईन्डस्ट्रीको सामुहिक ईन्सुरेन्सको व्यवस्था अति जरुरी छ । यसैमा मेरो ध्यान केन्द्रित छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016