२०७६ कार्तिक २६

ठेक्का ओगट्न कालिकाको अस्वभाविक चलखेल, भेरी–बबईको टेन्डर पाएको कम्पनीलाई कालोसूचीमा राख्ने प्रपञ्च

काठमाडौं, ८ साउन । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्मणको क्रममा रहेको भेरी–बबई डाइभर्सन आयोजनाको टेन्डर हात पार्न एक निर्माण कम्पनीले चलखेल सुरु गरेको छ। चिनियाँ र रमणले प्राप्त गरेको टेन्डर हत्याउन कालिका कन्स्ट्रक्सनले चलखेल गरेको पाइएको छ।

 

 

रमणले भन्दा १८ करोड रुपैयाँ बढि रकम राखेर कालिकाले बोलपत्र पेश गरेको छ। त्यसकारण कालिका बोलपत्रको दोस्रो नम्बरका रहेको छ। तर उक्त टेन्डर हत्याउन विगत ७ वर्ष अघिको कामलाई हतियार बनाउन खोजिएको छ।
रमण–पप्पु जेभिले विगत ७ वर्षअघि हुलाकी राजमार्ग आयोजना अन्तर्गत नारायणी पुल निर्माणको जिम्मेवारी पाएको थियो । डिजाई सहित प्राप्त गरेको टेन्डरको काम थालेको केही समयपछि आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन नगरि बोलपत्र आह्वान गरिएकाले काम रोक्न पत्राचार गरेको थियो । त्यसपछि काम राकिएको थियो । महिनौ सम्म पनि काम रोकेपछि कम्पनीले पटक–पटक ठेक्का तोड्न आह्वान गर्दा पनि आयोजनाले आनाकानी गरेपछि मुद्धा मार्फत १३ लाख रुपैयाँ जरिमाना सहित रमणले ठेक्का तोडेको थियो । तर उक्त विषयलाई लिएर कम्पनीलाई कालोसूचीमा राख्न अहिले अनेकौ हत्कण्डा अपनाईएको गुनासो रमणले गरेको छ। रमणलाई कालोसूचीमा राखेर भेरी बबइको ठेक्का आफ्नो हातमा ल्याउन यस्तो हर्कत गरेको आरोप छ ।
यसअघि कालिकाले सिक्टा सिंचाई आयोजना निर्माणमा बदमासि गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई विशेष अदालतमा मुद्धा दायर गरेको छ । ठेक्का पार्ने तर काम समयमा नगर्ने गरेको भन्दै कम्पनीको चौतर्फि आलोचना भइरहेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016