२०७६ कार्तिक २६

भक्तपुर दरबार स्क्वारमा आज देखि ‘द गोल्डेनआई रेष्टुरेन्ट एन्ड क्याफे’ संचालनमा

भत्तलपुर । भक्तपुर दरबार स्क्वार भित्र ‘द गोल्डेनआई रेष्टुरेन्ट एन्ड क्याफे’ संचालनमा ल्याइएको छ। भक्तपुर भ्रमणमा जाने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने उद्धेश्य सहित आज देखि रेष्टुरेन्ट संचालनमा ल्याइएको हो ।
१ सय २० जना क्षमताको उक्त रेष्टुरेन्टमा टिपिकल नेपाली, चिनियाँ, कन्टिनेन्टल, इटालियन सहित स्थानीय खानाको स्वाद चाख्न पाउने संचालक रघु चौधरीले जानकारी दिए । पाँचतले दरबारसँगै रहेको रेष्टुरेन्टबाट भक्तपुरका सम्पदा क्षेत्रको सहज अवलोकन गर्न सकिने छ ।
हरेक दिन बिहान ७ बजे देखि बेलुकी ९ बजे सम्म संचालन हुने छ । संस्कृतिको संरक्षण र पर्यटकको मनोरञ्जनका लागि हरेक साँझ लाखे नाच लगायतका अन्य सांस्कृति कार्यक्रम समेत आयोजना गरिने छ ।
नेपाल भ्रमण आउने पर्यटकलाई पाँच तारे होटल सहरको गुणस्तरीय र स्वाष्टि खानाको स्वाद दिलाउने उनले जानकारी दिए । काठमाडौंको पर्यटकीय क्षेत्र बौद्धमा विगत ८ वर्ष देखि ‘दि गोल्डेनआई रेष्टुरेन्ट एन्ड क्याफे’ संचालनमा छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016