२०७६ कार्तिक २६

ठमेल परिषद्को उपाध्यक्षमा पुन गिता गुरुङ उम्मेदवार, मतदानका लागि आग्रह

काठमाडौं, २५ जेठ । ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षको उम्मेदवार गिता गुरुङले व्यवस्थित ठमेल निर्माणका लागि आफ्नो समूहलाई मतदान गर्न आग्रह गरेकी छिन् । ठमेललाई व्यवस्थित बनाउने काममा आफु निरन्तर लागिरहेको भन्दै उनले यसपटक पुन सहयोगका लागि आग्रह गरेकी हुन ।
उनी आज हुने परिषद्को निर्वाचनका लागि प्रकाशनरसिंह राणा समूहको प्यानलबाट उपाध्यक्षको उम्मेदवार छिन् ।
परिषद्को सातघुम्ती उपसमितिको सभापति रहेकी उनले सातघुम्तीको विकासमा महत्वपूर्ण काम गरेको स्थानीय व्यवसायी एवं घरधनीहरु बताउछन् । लामो समय देखि थाति रहेको ढल पाइप फेर्ने देखि सडक मर्मत सम्ममा उनले ठुलो सहयोग पुर्याएको उनीहरुको भनाई छ ।
उनको पहलमा वडा कार्यालयसँगको सहकार्यमा २६ वर्षपछि सातघुम्ती क्षेत्रमा ढलको पाइप परिर्वतन गरिएको छ । त्यस्तै, मेलम्ची खानेपानी आयोजनासँग सहकार्य गरि ४ दिनमा पाइप विचक्ष्याउने काम भएको थियो । सडक विभाग, वडा कार्यालय र स्थानीयसँग सहकार्य गरी सडक समेत पिचको काम गरेको उनले बताइन । घरधनीवाट र वडा कार्यालयबाट रकम संकलन गरि ठमलेकै उत्कृष्ठ सडक निर्माण गरेको उनले बताइन । यी सबै काम सकेर अहिले उपसमितिको कोषमा ७ लाख रुपैयाँ बाँकी रहेको छ । ठमेलमा थप विकासको काम गर्ने आफ्नो योजना रहेको उनले बताइन ।
यसबाहेक उनले ठमेलको सडक बालबालिका व्यवस्थापनमा पनि काम गर्दै आएकी छिन् । ४५ भन्दा बढी सडक बालबालिकालाई प्रशिक्षण दिई रोजगारीको वातावरण समेत सृजना गरेकी छिन् । विगत ६ वर्ष देखि उनी परिषद्मा आवद्ध छिन् । ६ वर्ष अघि कार्यसमिति सदस्यमा भारी मतले विजयी भएकी यसअघि सचिव र वर्तमान कार्यसमितिको उपाध्यक्षमा भने निर्विरोध चयन भएकी हुन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016