२०७६ कार्तिक २६

तेस्रो हिमालयन ट्राभल मार्ट बिहिबार देखि

काठमाडौं । आउँदो बिहिबार देखि काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र एसिया प्यासिफिक ट्राभल एशोसियसन ९पाटा० नेपाल च्याप्टरको सहकार्यमा मार्ट आयोजना हुन लागेको हो ।

 

सोल्टी होटलमा आइतबार सम्म चल्ने मार्टको यो तेस्रो संस्करण हो । सन २०१७ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको मार्टले नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्व सामू स्थापित गर्ने अपेक्षा गरिएको छ । मार्टमा नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड लगायतका मुलुकबाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने पाटाले जानकारी दिइएको छ ।

 

त्यस्तै मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा मिडिया प्रतिनिधिहरुले समेत सहभागिता जनाउने छन् । तेस्रो ट्राभल मार्टले नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्य प्राप्तिमा समेत सहयोग पुग्ने पाटाको अनुमान छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016