२०७६ कार्तिक २७

आफुलाई आक्रमण गर्नेलाई कारबाही नभएकोमा पर्यटन व्यवसायी श्रेष्ठको दुखेसो

काठमाडौं, ११ जेठ । पर्यटन व्यवसायी तथा गोकर्ण हाउस रेष्टुरेन्टका सञ्चालक दिपक श्रेष्ठले आफुमाथि सांघातिक आक्रमण गर्ने माथि कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आक्रमण गर्ने व्यक्तिको किटानी जाहेरी दिदा पनि प्रहरी प्रशासनले अभियुक्तहरु पक्राउ नपरेको भन्दै उनले सरकारको ध्यनाकर्षण गराएका हुन ।

 

 

गत बैशाख २५ गते मंगलबार बिहान ८ बजे संधियार हरिबहादुर श्रेष्ठले सिमाना मिचेर घरको ढलान गर्ने तयारी गर्दै थिए । सिमाना मिचिएको बारे दिपकले पटकपटक हरीबहादुरलाई सम्झाएका पनि उनले उनका पिता रामबहादुर श्रेष्ठले पेलेर जाने निति लिएपछि पिडित दिपक वडा कार्यलयमा वडा सदस्य शम्भु बिष्टलाई भेट्न पुगे । वडा सदस्य शम्भुले जनप्रतिनिधीको हिसाबले मिलाउनुको साटो उल्टो अपशब्द बोल्दै गर्दा संधियार हरिबहादुर र उनका पिता रामबहादुर समेत थपिए । अनि सुरु भयो दिपकमाथि त्रिपक्षिय आक्रमण । वडा सदस्य र बाबुछोरा समेतले आक्रमण गरेपछि हालसम्म पनि उनी उपचाररत छन ।

 

 

आफुमाथि त्रिपक्षीय आक्रमण भएकाले न्यायको माग गर्दै प्रहरी परिसर बौद्धमा दिपकले तिनैजना बिरुद्ध कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका छन । तर घटना भएको १६ दिन बितिसक्दा पनि पिडकहरुलाई कारबाही नगरि आफुलाई अन्यायमा पारिएको भन्दै दिपकले उनले दुखेसो पोखे । प्रहरीले चाँडोभन्दा चाँडो अभियुक्तहरुलाई कठघरामा उभ्याएर आफुलाई न्याय दिलाईदिन उनले आग्रह गरे ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016