२०७६ कार्तिक २६

छोईनसक्नु तरकारी , कालीमाटी मै १ सय ४३ प्रतिशतले महँगियो

काठमाडौं -सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ भन्दा दोब्बर महँगो भएको छ । यता तरकारीको मूल्य अत्यधिक वृद्धि हुँदा उपभोक्तालाई भान्सा चलाउन हम्मे परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ एक सय ४३ प्रतिशतसम्म बढेको छ । गत वर्षमात्र नभएर गत महिना सँग तुलनामा गर्दा पनि तरकारीको भाउ अत्याधिक वृद्धि भएको छ ।

 

निरन्तर वर्षातले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनुलगायतका कारणले तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप–निर्देशक विनय श्रेष्ठले बताए । भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ ।

 

गतवर्ष वैशाख अन्तिम साता ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा शुक्रबार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ । गोलभेंडा मात्र नभएर काउली, बोडी, भिण्डी, सिमी, परवललगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ । स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ । गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ ।

 

कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको तुलनामा बोडीको मूल्य ३५ रुपैयाँबाट ८५, सिमी ४५ बाट ९५, परवल, भिण्डी ४५ बाट ९५ रुपैयाँ किलो पुगेको छ । भन्टा ५५ बाट बढेर ७५ रुपैयाँ किलो, तितेकरेला ४५ बाट ८५, लौका ४५ बाट ७५, चिचिन्डो ५५ बाट ८५, घिरौंला ५५ बाट ८५ रुपैयाँ पुगेको छ । रायो साग किलोको ६५ बाट ९५, ब्रोकाउली ६५ बाट बढेर एक सय १५ रुपैयाँ पुगेको छ ।

 

तरकारीका पकेट क्षेत्रमा पनि उत्पादन घटेको छ । उपत्यकामा तरकारी आउने काभ्रे, धादिङ, मकवानपुरको दामन, काठमाडौं, ललितपुर, भक्तपुरका काँठ क्षेत्रमा तरकारी कम उत्पादन भएको छ । तराई र ग्रामीण क्षेत्रबाट आउने तरकारी कम आएको व्यवसायी बताउँछन ्। अफ सिजन भएकाले भारताबाट आउने तरकारी पनि महँगो भएको छ ।

 

सिजनमा उत्पादन हुने तरकारी सकिन लागेकाले पनि भाउ बढेको बताउँछन् । माग अनुसार उत्पादन भाउ बढ्नु स्वाभाविक हो, यहाँको उत्पादनले नपुगेर भारतबाट समेत तरकारी आयात भइरहेको छ ।

 

उपत्यकाका मुख्य तरकारी बजार कालीमाटी, टुकुचा, बल्खु, कुलेश्वर, बालाजु, लगनखेल, बानेश्वरबाट तरकारी बिक्री हुन्छ । ती बजारमा व्यापारीले लगेपछि अन्य खुद्रा बजारमा पुग्दा तरकारी अझै महँगो पर्छ । विभिन्न तह पार गरेर उपभोक्तासम्म पुग्दा भाउ आकासिन्छ । तरकारीको भाउ बढेपछि निम्न आम्दानी भएकाहरु मर्कामा परेका छन् । भान्छा चलाउन हम्मे परेको उपभोक्ता बताउँछन् ।
बेमौसममा तरकारी पनि कम उत्पादन भएकाले यही मौका छोपेर बिचौलियाले धेरै मुनाफा राख्ने गरेका छन् । तरकारी बिक्रेता भने आफ्नो खरिद नै महँगो पर्ने गरेको बताउँछन् । बिचौलियाका कारण पनि उपभोक्ता ठगिएका छन् । किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा तिर्नुपर्ने बाध्यता छ । कृषि प्रधान मुलुक भनिएको नेपालमा ठूलो परिमाणमा कृषिजन्य वस्तुको आयात हुँदै आएको छ । भारतबाट तरकारी आयातमा बर्सेनी वृद्धि भइरहेको छ ।

 

कृषिमा पर्याप्त अनुदान नहुनु, आधुनिक कृषि प्रविधिको प्रयोग गर्न नसक्नु र किसानलाई पर्याप्त तालिम दिन नसक्दा नेपाली किसानले मागअनुसार तरकारीको उत्पादन गर्न सकेका छैनन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी मुलुक भारतबाट ठूलो परिणाममा तरकारी आयात गर्नुपरेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016