२०७६ कार्तिक २६

उपनिर्वाचनका लागि सरकार र आयोगबीच परामर्श सुरु

काठमाडौं । जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचनका लागि सरकार र निर्वाचन आयोगबीच परामर्श सुरु भएको छ । प्रतिनिधि सभामा एक तथा प्रदेश सभामा ३ सदस्य रिक्त छ । यस्तै स्थानीय तहका प्रमुख ४ र ३८ वडाध्यक्ष सहित ४६ रिक्त पदका लागि उपनिर्वाचन गर्न आयोगले तयारी थालेको हो ।
आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार सरकारसँगको परामर्शपछि आयोगले उपनिर्वाचनको मिति घोषणा गर्नेछ । भर्खरै आयोगको नेतृत्व सम्हालेका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले पनि उपनिर्वाचनको मिति घोषणाका लागि बिभिन्न पक्षसंग छलफल र परामर्शलाई तिब्र पारेका छन् । सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेको कारण तत्काल मिति घोषणा हुने सम्भावना कम रहेपनि आयोगले भने आफुलाई तयारी अवस्थामा राखेको बताइएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016