२०७६ फाल्गुन १५

विप्लवलाई वार्तामा आउन प्रधानमन्त्रीको अल्टिमेटम

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेक्रविक्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि अल्टिमेटम दिएका छन् । चैत महिनाभित्र हतियार बिसाएर वार्तामा नआए सरकार नियन्त्रणका लागि अझ आक्रामक बन्ने संकेत उनले दिएका छन् ।

 

नेकपाको संसदीय दलको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द समूहका गतिविधि हिंसात्मक भएकाले त्यसलाई रोक्न राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

 

चन्द समुहले विकास आयोजना, दुरसञ्चारका टावर, सरकारी तथा नीजि कार्यालयहरु लगायतमा विस्फोट, स्थानीय निकाय, व्यापारी व्यावसायी लगायतसँग चन्दा उठाउने क्रियाकलाप बढाएको छ। त्यसैले सरकारले उसका गतिविधिलाई प्रतिबन्ध समेत लगाइसकेको छ।

 

चन्द समूहका नेताहरु पक्राउ पनि परिरहेका छन्। तर अझै पनि वार्ताका लागि केही समय बाँकी रहेकाले यो महिनाभित्र वार्तामा बस्ने गरी आउन प्रधानमन्त्रीले सम्झाएका हुन्।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016