२०७६ कार्तिक २६

मुक्तिनाथ विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

विरगंज । मुक्तिनाथ विकास बैंकले पर्साको विरगंज महानगरपालिका, ११ स्थित श्री विरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मुल आसय सहित बैंकले आज सो कार्यक्रम सम्पन्न गरेको हो ।

 

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा , पारिवारिक बजेट तथा योजना, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा एक सय विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 

हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५ हजार ३ सय ८० स्थानीय तथा विद्यार्थीहरुले सहभागी जनाइसकेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016