२०७६ कार्तिक २६

नेकपामा विवाद चुलिँदै, तत्काल बैठक बोलाउन माग

काठमाडौं । नेकपाका चार शीर्ष नेताले तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँगको अनौपचारिक छलफलका क्रममा बैठक बोलाउन माग गरेका हुन् ।

 

स्थायी समितिले पार्टी एकताको ठोस प्रस्ताव तयार पार्न गठन गरेको कार्यदललाई १० फागुनको सचिवालय बैठकबाट विघटन गरेको थियो । अध्यक्षद्वय ओली र दाहालले कार्यदल विघटनपछि एकताको ठोस प्रस्ताव सचिवालयले तयार पार्ने र स्थायी समिति बैठकबाट अनुमोदन गराउने बताएका थिए । तर त्यसयता एकता प्रस्तावमा सचिवालयमा छलफल नभएपछि असन्तुष्ट बनेका चार नेताहरूले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । कार्यदल विघटन गर्ने बेलामा पनि यी चार नेताहरू असन्तुष्ट भएका थिए ।

 

कार्यदलका संयोजकसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र कार्यदलका वरिष्ठ सदस्य विष्णु पौडेलले कार्यदलमा बसेर काम गर्न नसक्ने र कार्यदलमा अन्य नेताहरूलाई जिम्मेवारी दिएर पुनर्गठन गर्न माग गरेपछि सचिवालयले कार्यदल विघटन गरेको थियो । थापा र पौडेलले सचिवालयमा गरेको रिपोर्टिङमा कार्यदलले काम गर्न नसकेको उल्लेख गरेका थिए । तर कार्यदलका बहुमत सदस्यले भने काम गर्नै निदइएको भन्दै अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाएका थिए ।

 

कार्यदलका बहुमत सदस्य सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट र बेदुराम भुसालले एकता गर्दा अवलम्बन गर्नुपर्ने मापदण्डसहितको समानान्तर प्रतिवेदन बुझाएका हुन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016