२०७६ कार्तिक २६

राजु लामाको ‘सैलुङ पोङ्दी’मा मिनाको फिचरिङ

काठमाडौ । ‘मंगोलियन हर्ट’का गायक राजु लामाको नयाँ गीत ‘सैलुङ पोङ्दी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीत सार्वजनिक संगै अहिले चर्चामा छ ।
हस्त लामा ‘हार्दिक’को शब्द र बिशाल कल्तनको संगीत रहेको गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । मोडल मिना तामाङको फिचरिङ रहेको भिडियोमा राजु लामा आफैले पनि अभिनय गरेका छन् ।

 

छेवाङ लामाको निर्देशनमा बनेको ‘सैलुङ पोङ्दी’को म्युजिक भिडियोमा दाजु भाई कम्पनीको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ

 

भिडियोलाई कर्मा धुन्डुप योन्जनले निर्माण गरेका हुन् । ‘मंगोलियन हर्ट’ अहिले आफ्नो २५ बर्षको रजत जयन्ती मनाउन स्वदेश तथा बिदेशमा आफ्नो प्रस्तुतिमा ब्यस्त रहेको र रजत जयन्तीको अवसरमा २५ ठाउँमा गरिने सांगीतिक कन्सर्ट मध्य अहिलेसम्म १२ वटा सकिसकेको र बाँकी १३ वटा प्रस्तुतिहरु छिट्टैनै तय गरिने मेनेजर बबी लामाले जानकारी दिए ।

 

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016