२०७६ कार्तिक २६

हड्ताल गर्ने डाक्टरलाई जेल हाल्ने सरकारको चेतावनी

काठमाडौ -सरकारले कानुन विपरीत स्वास्थ्य सेवा अवरुद्ध गर्ने चिकित्सकमाथि कारवाही थाल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोधका कार्यक्रम फिर्ता नलिए कारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ ।

 

आन्दोलन गर्ने र आन्दोलनमा सहभागी हुने चिकित्सकबारे अत्यावश्यक सेवा संचालन ऐन २०१४ लागू गर्ने बताएको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरुमा सेवा यथावत सञ्चालन गर्न मन्त्रालयले अपिल गरेको छ ।

 

विरोध फिर्ता नलिए आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालय बाध्य हुने बताएको छ । ऐनमा स्वास्थ्य संस्था, अस्पताल बन्द गरी वा सेवा अवरुद्ध बनाएर आन्दोलन, बन्द, हड्ताल जस्ता कार्यमा उत्रने चिकित्सक माथि ६ महिना कैदको व्यवस्था गरेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016