२०७६ कार्तिक २६

मिनाले जितिन ‘न्यु वेष्ट मोडल ’ र ‘पिपुल्स च्वाइस’ अवार्ड           

काठमाडौं । मोडलिङ क्षेत्रमा पछिल्लो समय जम्दै गएकी मोडल मिना तामाङले नव मोडल र ‘पिपुल्स च्वाइस’ अवार्ड हात पार्न सफल भएकी छन् ।

 

म्हेन्दोमाया म्युजिक अवार्डको तेस्रो संस्करणमा म्हेन्दोमाया ब्याटल गीत बाट उनले न्यु बेष्ट मोडल फिमेल अवार्ड जित्न सफल भएकी हुन् । साथै उनले ‘पिपुल्स च्वाइस’को अवार्ड समेत हात पारेकी छन् ।

 

काठमाडौंको नाचघरमा विहिवार सम्पन्न म्हेन्दोमाया म्युजिक अवार्डमा पुर्व कानुन मन्त्री शेर बहादुर तामाङले अवार्ड प्रदान गरेका हुन् । अवार्ड जिते पछि मोडलिङ क्षेत्रमा पाईला अगाडि बढाईरहेका मोडल मिना तामाङले खुशी व्यक्त गरेकी छिन् ।

 

उनले यो सफलताको शुरुवात मात्रै भएकाले धेरै अघि बढ्न बांकी रहेको भन्दै सम्पुृर्ण दर्शक र परिवारको सहयोगले थप भविश्य खोज्न प्रेरणा मिलेको प्रतिकृया दिइन ।

 

सम्पन्न म्युजिक अवार्डमा गीत सङ्गीतका क्षेत्रका विभिन्न व्यक्तित्वलाई पुरस्कृत समेत गरिएको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016