२०७७ आश्विन १०

बाग्लुङमा नयां पर्यटन गन्तव्यको खोजी

काठमाडौं । बाग्लुङमा प्रशस्त पर्यटनको सम्भावना भए पनि पर्यटन प्रवद्र्धन नहुँदा पर्यटनको क्षेत्रमा जिल्ला पछि परेको छ । बाग्लुङमा धार्मिक तथा सांस्कृतिक पर्यटन, शिकारी पर्यटन तथा जलयात्राको राम्रो सम्भावना भए पनि उचित व्यवस्थापन र दिर्घकालीन योजनाको अभावमा पर्यटनबाट हुने आम्दानीबाट बाग्लुङ बञ्चित बनेको हो ।

 

तर अहिले पर्यटनको विकास र सम्भावनाको खोजी हुन थाले संगै नयां गन्तब्यको पहिचान हुन थालेको छ । बाग्लुङ कै ऐतिहासिक बिहुकोट गाजा दह, शिवधुरी भ्यु स्थल, घोडाबाने, क्यानोनिङ गर्न भिरखानी छहरा बाग्लुङ कै पर्यटन गन्तव्यका रुपमा चिनिन थालेको छ । त्यस्तै मगर सांस्कृतिक हिसावले पनि फापरखेत झुलेनीका मगर समुदाय सांस्कृतिक रुपमा धनी छन् ।

 

पर्यटन प्रवद्र्धनका लागि अहिले बाग्लुुङका यी बस्तीहरु पर्यटक स्वागतका लागि तयार छन् । अहिले स्थानियले काठेखोला गाउँपालिका वडा नं. ५ स्थित शिवधुरी सामुदायिक होमस्टे सन्चालनमा ल्याईएको छ । यसै क्रममा हालै “गन्तव्य बाग्लुङ अध्ययन अबलोकन भ्रमण“सम्पन्न भएको छ । गाउँ पर्यटन प्रबद्र्धन मन्च नेपाल(भिटोफ)ले पर्यटनको लागि नयां गन्तव्यको खोजी गरेको हो । नयां गन्तव्यको खोजीमा प्रदेश सरकार समेत लागि परेका छन् ।

 

“गन्तव्य बाग्लुङ अध्ययन अबलोकन भ्रमणमा गण्डकी प्रदेश नम्बर ४ का पर्यटन, बन तथा बातावरण मन्त्री बिकास लम्सालको समेत सहभागी थियो । भ्रमणमा मन्त्री लम्सालले गण्डकी प्रदेशको बिकास र प्रबर्द्धन गर्न होमस्टेलाई अग्रस्थानमा राखेर प्रदेश सरकारले प्रत्येक होमस्टेलाई १० लाख रुपैया अनुदान दिने ब्यबस्थाको गरेको बताए ।

 

त्यस्तै भिटोफ नेपालका अध्यक्ष ध्रुब सिम्खाडाले होमस्टे सन्चालन गरेर गन्तब्य पहिचान र पर्यटकिय गतिबिधी मार्फत ग्रामीण पर्यटनको उत्कृष्ट नमुना बनाउन सकिने बताए । अवको दिनमा ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्ने र स्थानियको आम्दानिको श्रोत बढाउदै जाने बेला आएको समेत उनले बताए । बिहुकोट मगर समुदायको सोरठी, खेली, मारुनीको उद्गम स्थल मानिन्छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016