२०७६ कार्तिक २७

६५ वर्षिय आमाले गाईन् , रामेछापको मौलिक लोक भाका

काठमाडौं – लोकगीत आफैमा सरल, सुबोध र लोकप्रिय हुन्छ । लोक जनजीवन छर्लङ्गिने ऐना नै हो मौलिकता । हो रामेछापको च्यास्कु भेगको मौलिक लोकभाकालाई समेटेर पहिलो पटक मौलिक भाका सार्वजनिक भएको छ ।

 

फ्या फुल्ला  सांस्कृतिक परिवारले तुर्र धासी हो की ! भन्ने लोक भाकालाई यु ट्युव मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक लोकभाकामा ६५ वर्षिय सुनलामा घिसिङले स्वर दिएकी छन् । उनको स्वरमा देवेन्द्र सन्जिव र रुपेशले साथ दिएका छन् ।

 

शव्द संगित ङावा फिन्जु पाख्रिनको रहेको छ । एरेन्जर क्षितिज कुलुङको रहेको छ । म्युजिक भिडियो उत्कृष्ट बनेको छ । भिडियो रामेछापको च्यास्कुमा छांयाकन गरिएको हो । भिडियोको निर्देशन एकान्त मगरले गरेका छन् ।

 

एलेन मगर र रोनिश तामाङ छांयाकन रहेको भिडियोमा फिचरिङ मोडल मिना तामाङ र बाबेल लामाले गरेका छन् । मौलिक लोक भाका लोक संस्कृतिकै प्रमुख अङ्ग हो ।

 

लोक भाका जगेर्ना गर्ने उद्देश्यले आफनै गाउं ठाउंको मौलिक भाकालाई फ्या फुल्ला  सांस्कृतिक परिवारले आफनै पहलमा खोजी अनुसन्धान गर्दै आईरहेका छन् ।

https://youtu.be/VSx2q2nmvmE

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016