२०७६ मंसिर २८

लोक गायिका मन्जु पौडेलकी छोरी स्नेहाको महिला हिंसा विरुद्धको सर्ट मुभी आवरण

काठमाडौ । विहे पछि घर कै कामकाजमा व्यस्त रहनु पर्ने महिलाहरुको बाध्यतालाई विषय वस्तु बनाएर निर्माण गरिएको सर्ट मुभी  आवरण सार्वजनिक भएको छ । किङ्डम प्रोडक्सनले यु ट्युव मार्फत सर्ट मुभी  आवरण सार्वजनिक गरिएको हो ।

 

आवरणको निर्देशन कपिल खड्काले गरेका हुन् । महिलाले विहे पछि पनि आफनो कामलाई निरन्तरता दिन खोज्दा पनि समाजले अघि बढ्न बन्देज गरिने विषय वस्तुलाई उठान गरिएको निर्देशक कपिल खड्काले बताए ।

 

खड्का बानेश्वर स्थित एभरेष्ट फिल्म एकेडेमीमा डाईरेक्सन कोर्ष पुरा गरी विभिन्न सर्ट मुभिज निर्देशन गर्दै आएका छन् । साथै उनले विभिन्न विज्ञापन र ठुला पर्दाका चलचित्रमा समेत अभिनय संगै पटकथा लेखनमा व्यस्त छन् । उनले भविष्यमा सामाजिक कुरितीलाई पर्दामा उतार्न आफु लागि पर्ने  बताए ।


सर्ट मुभीमा आवरणमा स्नेहा पौडेलको अनिनय रहेको छ । साथै उनलाई साथ दिएका छन , अजय पन्तले । स्नेहाले थुप्रै म्युजिक भिडियो संगै सर्ट मुभिज र थियटरमा समेत अभिनय गरेकी  छन् । उनको धुंवासरी, दामी छरे त , तल तल लाग्यो मलाई ,आदि म्युजिक भिडियो दर्शकले रुचाएका थिए । यस सर्ट मुभीमा रिसभ कार्कीको छांयाकन रहेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016