२०७६ कार्तिक २७

गायिका रेश्मा बम्जनको “आम्मैले होई आम्मैले ” मा रोहणीकोे फिचरिङ

काठमाडौं । गायिका रेश्मा बम्जन र योगेश लामाको नयां गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “आमैले होई आमैले” सेलो गीतको म्युजिक भिडियो जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

म्युजिक भिडियो उत्कृष्ट बनेको छ । माया गर्नेहरुको माया पिरतीलाई म्युजिक भिडियोमा देखाउन खोजिएको छ । सुर्य लामाको निर्देशन रहेको म्युजिक भिडियोमा रोहणी लामा र आरम्भ तामाङले फिचरिङ गरेका छन् । मोडल रोहणी लामा म्युजिक भिडियो क्षेत्रमा उदाउंदो मोडल हुन् ।

 

 

गीतको कोरियो ग्राफर अभिलामाले गरेका छन् भने छांयाकन समेत सुर्य लामाको रहेको छ । प्रोडक्सन मेनेजर बव्लु गुरुङ रहेका छन् । प्रेम बल लामाको शब्द, योगेश लामाको संगित, फनिन्द्र राईको एरेन्ज, दिपेश प्रधानको मिक्सिङ रहेको छ ।

सेलो गीतबाट आफनो गायन यात्रा शुरु गरेकी गायिका रेश्मा बम्जनको यस अघि बजारमा आएको यो कान्छीको, गायक दिपक लिम्वुसंगको जन्ती लिएर आउ , भुल भए देउ सजाए , च्याङवालाई देखेर , मायाले भरियो दिल , डम्फु र सेलो, मैले क्यारम भो, यो कान्छी, जस्ता गीत श्रोता, दर्शकले रुचाईसकेका छन् । गायक योगेश लामाको तामाङ ठिटो, आस्याङकी छोरी जस्ता गीत अझै चर्चामा छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016