२०७६ कार्तिक २६

अमूल्य धार्मिक नीधिहरू माथिको प्रहार

भूमिनन्द देवकोटा
महासम्बोधि धर्म संघ गुरूज्यूको समिपमा पुग्ने र अनन्त ज्ञान, ध्यान, योगहरूको संगम धर्मका विषयमा बोध गर्ने जुन यज्ञ (वार्ता) अर्थात अनुष्ठानको अवसर जुटाइदिने संघ (मैत्री धर्म संघ)ज्यूहरूप्रति सर्वप्रथम सहृृदय नमन गर्दछु । त्यस क्रममा महासम्बोधि धर्म संघ गुरूज्यूका बोधगम्य महावचनहरू श्रवण गर्ने दुर्लभ समयका लागि गुरूप्रति असिम श्रद्घा प्रकट गर्दछु । कसैलाई लाग्न सक्छ विल्कुलै वाहियात, वकवास, फजुल कुराहरू तर मैले जुन यज्ञ (वार्ता) मा गुरूज्यूबाट गुरूबचनहरू श्रवण गर्न पाए ती बिषयको गाम्भिर्यता अनन्त असिमित रहेको मैले महशुस गरेको छु ।

 

प्रथमतः नाम, रूप, धर्म, आस्था, समुदाय, शक्ति, पद, योग्यता आदिका आधारमा भेदभाव नगर्न र भौतिक तथा आध्यात्मिक भन्ने मतभेदहरू त्याग्न आह्वान गर्नुहुन्छ । मानिस जन्मदा केहि लिएर आएको छ्रैन जन्मपछि यी उल्लेखित पदावलीहरूको चपेटामा परेर जुन भेदभाव र मतभेद चुलिदो छ ती सब वाहियात र मानव समुदायको बीचमा शान्ति स्थापनाका वाधक भएर रहेका छन् । यी पदावलीहरूको त्याग गर्नु नै धर्मको पथमा विचरण हुने कुरा प्रष्ट गर्नुहुन्छ । अनि असत्य, आरोप, प्रत्यारोप, अवमूल्यन तथा अस्तित्वहीन वचन गरेर भ्रम पैmलाउने कार्य त्याग्न निर्देशित गर्नुहुन्छ । निश्चय नै मुखबाट बाहिर निस्कने कुनै पनि शब्दहरू अर्काको हृदयमा चोट पुग्ने हुनुहुदैन, जसले अशान्तिको बिजारोपण गर्ने गर्दछ । सम्यक बचन गर्न सकेमा मात्र मानव समुदायको शान्तिमय यात्रा निष्कन्टक अगाडी बढिरहन्छ ।


फेरि प्राणि हत्या, हिंसा जस्ता दानवीय आचरण त्याग गरी सम्यक आहार गर्न सचेत गर्दै समुच्च प्राणि जगतको एक अर्काका निर्भरतामा नै जगत कल्याण हुने, अनेक विनाशबाट जोगाएर लग्न सकिने संकेत गर्नुहुन्छ । विश्व एक घर एक समुदाय भएको प्रष्ट गर्दै राष्ट्रिय पहिचानको आधारमा मानिसप्रति संकिर्ण सोच नराख्न स्पष्ट सन्देश दिनुभएको छ ।आदि, यी र यिनै गम्भिर विषयहरूका आधारमा गुरूज्यूको उपस्थितिलाई सर्व प्राणि, जगतको हित र शान्तिका लागि प्रेरणाका श्रोतका रूपमा बुभ्mन र अवलम्वन गर्न सक्नुपर्दछ । तर यस समाजले सिकिराखेको देखिएको छैन । हुन त इतिहास साक्षी छ जबसम्म बुद्घ पुरूषहरू जिउ“दा थिए उनीहरूलाई सिध्याउने मात्र कोशिस भएका छन र मरेपछि पुजिएका छन, कस्तो विडम्वना ? जबसम्म महावीर जिउ“दा थिए पत्थर मारियो, बुद्घको हत्याको कोशिस गरियो । मिराको अहिले गुणगान त गाइन्छ तर जिउँदो छदा बीषको प्याला दिइयो । संसारमा कति भब्य र महँगा चर्चहरू निर्मित छन तर जीससलाई के ब्यबहार गरियो सोची हेर्नुस् त † क्रुसमा टाँगेर निष्प्राण गरियो । अनि थोरै इतिहासलाई समिक्षा गरेर हेरौं त, यी महान शान्तिका अग्रदुतहरूलाई कुनै चोर, हत्यारालाई भैंm ब्यबहार गरिए । ओशोलाई अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जेल पठाए भने सञ्चार जगतले समेत मिथ्या लेखनले हिलाम्मे गराए । यी ब्यबहार सही थिएनन् भनिरहेका छौं र त हामी अहिले उनीहरूलाई सम्मान गरिरहेका छौं, पुजिरहेका छौं । के इतिहासको नियति अहिलेका जिउ“दा महा सम्बोधि धर्म संघ गुरूज्यूमाथि पनि परिहेको देख्दा मानिस पाठ्य सामाग्रीहरूबाट सिक्ने गर्दैन । उ खाली मानव शास्त्रमा मानव विकासको बारेमा उल्लेख गरे भंैm मानिस पशुबाट मानिसमा फेरियो तर पशु चरीत्र जस्ताको तस्तै लिएर सवार छ, परिवर्तन भएन । उ पुन लोभ र भयको कुण्डमा नै छ, जसले गर्दा भेदभाव र मतभेद, भ्रम, हत्याहिंसा, चोरी गरेर आपूmलाई क्षणिक आनन्द खोजिरहेछ । तर सम्भव छैन ।

 

यिनै महासम्बोधि धर्म संघ गुरूज्यू जब हलखोरियाको जंगलमा कठोर तपश्यारत रहुदा ढुङ्गाले हान्ने, लठ्ठिले घोच्ने, दिनभर रमिता हेर्ने अनि जब चार बज्न लाग्छ एउटा बालक तपश्वीलाई जंगलमा छाडेर रमिते भिड जंगली जीवजन्तुको डरले भाग्थ्यो । चराले पनि निष्प्राण ठान्यो र टाउकोमा गुण बुन्यो नै । लामखुट्टे किराहरूको अहोरात्र खानपान र लहरी गाउने स्थल नै गुरूज्यूको शरीर बनेको थियो । तपश्यारत् महा सम्बोधि धर्म संघ गुरूज्यूलाई यी कुनै पनि अड्चनले नाघ्न सकेनन् । सर्ब जगत प्राणि र वनस्पतिहरूको उद्धार हेतु महा कठोर तपले सफलता प्राप्त गर्यो र गुरूज्यूले पहिलो देशनामा पृथ्वीको समेत आयू थप गरेर सर्व जगत र प्राणिको मुक्ति मोक्ष्यको उद्घोष गर्नुभयो ।

हलखोरियाको तपोभूमिमा एकदिन मध्यराती गुरूज्यूमाथि असंख्य गोली प्रहार गरियो र मारिएको सन्देश पत्रपत्रिकामा समेत प्रसारण गराइयो । त्यसको भोलिपल्ट शव बरामद गर्न प्रहरीको जमात आए र भक्त, अनुयायीहरूलाई ठाउ“ देखाउन भन्यो । भक्त, अनुयायीहरूले गुरूको अनुमति लिएर प्रहरीलाई तपश्यारत ठाउ“सम्म जान दिइयो, उनीहरूले वास्तबिकता थाहा पाएर फर्किए । गुरूज्यूलाई सर्व गुरूज्यूहरूले रक्षा गरिरहनुभएको रहेछ (वार्ताको क्रममा गुरूज्यूबाट बचन भए अनुसार) । विडम्वनाको कुरा नेपाल सरकारको बन कार्यालयको नेतृत्वमा हलखोरियाको तपोभूमिमा निर्मित गुरूज्यूको ध्यानस्थल, धार्मिक अधिष्ठान, पूजापाठ गर्ने स्थान, ध्यान अभ्यास स्थलहरू डोजर लगाएर भत्काइयो । गुरूज्यूलाई विस्थापन गर्ने योजना थियो यो, तर संसारभर हालसम्म १६३ मुलुकका संघहरूले यो तपोभूमिलाई विश्वको केन्द्रविन्दुका रूपमा ग्रहण गरिसकेको हुनाले यो हलखोरिया जंगललाई आवश्यक प्रकृया पूरा गरी जतिसक्दो चा“डो धार्मिक बन घोषणा गरी मैत्री धर्म मार्पmत विश्व शान्ति, सह अस्तित्वको विकास, जातिभेद रंगभेदको अन्त गर्दै सर्वजगत प्राणिहरूमा मैत्रीपूर्ण सहवासको शान्तिमय जगत निर्माणको देशले जस र लाभ लिनुमा मात्र कल्याण छ, अर्को विकल्प शेष छैन । यस विषयमा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको अस्पष्ट हलखोरिया धार्मिक बनको निर्णयलाई पुनः सम्माननीय प्रधानमन्त्री के.पि. ओलीज्यूको मन्त्री परीषद्ले स्पष्ट गरेर उपलब्ध गराउ“दा संसार प्रफुल्ल हुनेछ । म लेखक पनि हलखोरिया धार्मिक बन उपलब्ध गराउन थप निवेदन गर्न चाहन्छु ।

 

एकपटकको कुरा हो सत्र जनाको समूह हातमा खुडा, खुकुरी लिएर गरूज्यूमाथि आक्रमणको प्रयास भएको थियो । यसै बिषयलाई लिएर केहि सञ्चार माध्यमहरूले अनर्गल प्रचार प्रसार गर्न भ्याएका थिए । यसरी नै अरु पनि घटनाहरू भए र सञ्चार माध्यमहरू फेरि पनि उस्तै प्रकृतिमा उभिए । अनि अहिले आएर मैत्रीय ११ शीलहरू पालना गर्न नसकेर काभ्mयोक्पा छाडेर विदा लिएकाहरूमध्ये केहीले बाहिरी कुतत्वहरूसंगको साँठगाँठमा सम्भवत आर्थिक प्रलोभनमा लम्पसार परी महासम्बोधि धर्म संघ गुरूज्यूप्रति केहि समय पहिले कल्पना पनि गर्न नसकिने संघिन आरोप लगाएका र तिनीहरुमध्येले नै बाह्य कुतत्वहरुसंगको लगानगाँठोमा हलखोरियादेखि सिन्धुली, पथ्थरकोट र सिन्धुपाल्चोकसम्ममा गुरूज्यूबाट प्रतिपादित र परिकल्पना गरिए बमोजिम बचन भै खाइबात्रय उत्तम लामा, साङ्गवो दोङ्ग (सिन्धुपाल्चोक) र छेवान घलान (मकवानपुर)हरूद्वारा श्रृजना गरिएका सर्वोत्कृष्ट कलाकृतिहरू जुन असिमित महत्वका मैत्रीधर्मका आश्था र विश्वासका पात्रहरू सर्वगुरूज्यूहरूका तस्वीरहरू(थाङ्का) भण्डारण गरिएको स्थान पथ्थरकोटबाट चोरी भएको सुन्दा यो आलेखकर्मी मर्माहत भएको छ । राज्यले महासम्बोधि धर्म संघ गुरूज्यूको बारेमा यो मौनता सा“ध्नु र अनविज्ञताको अर्थ के हो ? कि इतिहासमा जिउ“दा बुद्घहरूमाथि गरिएको विवेकहीन कदमको पुनराबृत्ति हो ? सरकारले समयमा धार्मिक अमूल्य नीधिहरूबारे सोचोस् अन्यथा संसारभरका मैत्रीय भक्त, अनुयायीहरूको प्रतिकृया कस्तो रहला ? शान्तिमय जगत निर्माणमा सरकार समय छ“दैमा सकारात्मक रहोस् र कुतत्वहरूको खेल समय छ“दै निराकरण गरोस्, मैत्रीय भक्त अनुयायीहरूको यहि चाहना रहेको मैले अनुभूत गरेको छु । अन्यथा मैत्रीय भक्त, अनुयायीहरूले ती परहरूको तस्वीर सहीत फेसबुक र अन्य सामाजिक सञ्जालहरूमा आउन थाले भने के होला ? त्यसकारण समय अलि बिकट नहु“दै यसमा सरकारको ध्यान जानु सर्वहिताय हुनेछ ।
एउटा दृष्टान्तको विवेचना गर्नु यतिवेला सान्दर्भिक भएकोले संक्षेपमा उल्लेख गर्न चाहन्छु । एउटा गिद्घले विहान गुणबाट उड्ने वेलामा आप्mनो छोरालाई सोध्यो के खान मन छ म लिएर आउ“छु । छोराले मान्छेको मासु खाने इच्छा बतायो । बाबु बेलुकी गुणमा आयो छोरालाई मासु दियो । छोराले मासु हेरेर भन्यो यो त गाईको मासु हो म खान्न । गिद्घ भोलिपल्ट उड्ने वेलामा छोराले भन्यो आज त मान्छेको मासु ल्याउनु नि गिद्घले हुन्छ भनेर उड्यो । बेलुकी मासु ल्याएर दियो । आजको मासु सुङ्गुरको रहेछ म खान्न भन्यो छोराले । तेस्रो दिन उड्ने वेलामा छोरालाई आस्वस्थ पार्दै गिद्घले गाई र सुंगुरको दुवै टुक्रा मासु लिएर उड्यो । अनि कुनै दुईवटा आस्था धर्म मान्ने धार्मिक स्थलमा गाई र सुंगुरको मासु क्रमशः खसालिदियो । एउटा आस्था र धर्मका मान्छेले अर्को आस्था र धर्मका मान्छेलाई आरोप प्रत्यारोप लगाउ“दै आपसमा लडेर थुप्रैको ज्यान गयो । लासको खात लाग्यो । अनि गिद्घले छोरालाई ल हेर मानिसहरू कति अन्धभक्त बेकुव छन कस्ले फाल्यो, किन, के, कसरी नजानीकन अन्धाधुन्द एकापसमा लडेर मरे । विवेकहीन भक्त हुनु विनासको बाहक बन्नु हो । हेर छोरा कति खान्छस खा एक छाक मात्र होईन महिनौ खा । यसरी मैत्रीय अनुयायीहरू विवेकको प्रयोग नगरी आवेगमा आएर विनासको बाटो भने रोज्ने गर्दैनन् भन्ने सहज बुझिन्छ । तर यसरी निरन्तर अमूल्य धार्मिक नीधिहरूमाथिको प्रहार ती नीशाचरहरू अर्थात नीच आत्माहरूबाट भैरहने हो र सरकार अमूल्य धार्मिक नीधिहरू जोगाउन उदाशिन रहेमा तिनीहरूप्रति विवेकपूर्ण ढंगले मैत्रीय अनुयायीहरूले प्रतिकार अवश्य गर्नेछन् भन्ने यो लेखकको पनि ठम्यायी छ ।
मैत्री मंगलम्

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016