२०७७ आश्विन १०

नेपाली वायुसेवा निगम चरम आर्थिक संकटमा, सरकारसँग आर्थिक सहायता माग

काठमाडौं । नेपाल वायुसेवा निगमले श्वेतपत्र जारी गर्दै संस्था उच्च आर्थिक जोखिममा रहेको जानकारी गराएको छ । निगमले संस्थाको जोखिम कम गर्न, संस्थालाई थप बलियो र प्रतिस्पर्धी बनाई विश्वसनीयता कायम गर्न सरकारसँग आर्थिक सहायता माग गरेको छ ।

 

बिहीवार निगमको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्वेतपत्र जारी गर्दै निगमका अध्यक्ष मदन खरेलले निगमको कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताए ।

 

निगमको जहाजको तिर्नुपर्ने कर्जा रू। ३२ अर्ब ८७ करोड रहेको तथा दीर्घकालीन कर्जा र जम्मा पूँजी रू। ३९ अर्ब ८२ करोड रहेकाले निगम उच्च जोखिममा रहेको स्वेतपत्रमा उल्लेख छ । निगमले ‘ए–३३० वाइड बडि’ एयरबस किन्न सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

 

कर्जा तिर्नका लागि निगमले वाषिर्क १० दशमलव ५० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । कर्जाको किस्ता र ब्याज तिर्नुपर्ने भएकाले यसबाट निगमको तरलता र नाफामा सिधै असर परेको अध्यक्ष खरेलले बताए । निगमको अहिले अधिकृत पूँजी रू। ३० करोड मात्र छ भने पूँजी लगानी रू। ३ अर्ब १० करोड छ । अधिकृत पूँजीभन्दा लगानी पूँजी बढी भएकाले यसलाई यथाशीघ्र नियमित गर्न निगमले सरकारसँग पूँजी थप गर्न माग गरेको हो ।

 

निगमले आफूसँग भएका सबै जहाज उडान गर्न र नयाँ विमानहरुको गन्तव्यका विषयमा सम्बन्धित मुलुकसँग छलफल भइरहेकाले केही समयमै वाइडबडि विमानले लामो दूरीमा उडान गर्ने जानकारी गराए । ति विमानको लागि जापान, रियाद र कोरियामा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जीएसए छनोट कार्य पनि भइरहेको श्वेतपत्र जारी गर्दै निगमका अध्यक्ष खरेलले जानकारी दिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016