२०७७ मंसिर १३

हानले बैङ्ग्लोरमा विशेष कार्यक्रम गर्ने

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ छिमेकी मुुलुक भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गरिने भएको छ। होटल एसोसिएसन अफ नेपाल (हान) ले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली राजदूतावास तथा बैङ्ग्लोरमा बसोबास गरेका नेपालीहरुको सहकार्यमा आगामी मंसिर ३ गते विशेष कार्यक्रम गरिने जानकारी दिइएको छ।

 

भारत नेपालको पर्यटनको मूख्यस्रोत बजार भएकाले अधिक सङ्ख्यामा भारतीय पर्यटकलाई आकर्षण गर्न कार्यक्रम गर्न लागिएको हानका अध्यक्ष अमरमान शाक्यले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात् त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरसँग नेपाली होटलहरुको बीटूबी मिटिङ पनि गरिने उनले बताए ।

 

साधारणसभाले सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिनेछ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016