२०७६ कार्तिक २६

बाग्लुङमा मंसिर १ देखि राष्ट्रिय कराते कप प्रतियोगिता हुँदै

काठमाडौं । मंसिर १ गते देखि ३ गते सम्म बाग्लुङमा प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप प्रतियोगिता हुने भएको छ । नेपाल कराते महासंघसँगको सहकार्यमा नेपाल सितोरियो बडिगाड जोजो र नेपाल सितोरियो कराते संघको संयूक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

 

बाग्लुङको बडिगाड गाउँपालिका स्थित खारबजारका डोजोका खेलाडीहरुको प्रशिक्षण स्तरको प्रक्षिण लिने गरि सातै प्रदेश र तीन विभागका खेलाडीहरुलाई सम्मिलित गराई खेलाडीको स्तर मापन र अन्तर्राष्ट्रिय स्तरको तयारी सम्बिन्ध प्रशिक्षण दिने उघेश्यले सो प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
सो प्रतियोगितामा सात प्रदेशका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आयोजक गरि १० वटा टिमका खेलाडीहरु सहभागि हुने छन् । जसमा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, ८४, प्लस ८४ एकल काटा र टिम काटा त्यसै गरि महिला तर्फ ४५, ५०, ५५, ६१, ५८, प्लस ६८ एकल काटा र टिम काटा गरि कुल १७ इभेन्टमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ।
प्रतियोगिताको प्रथमलाई ७५ हजार नगद, द्वितियलाई ५० हजार र तृतीयलाई २५ हजार रुपैयाँ नगद प्रदान गनिरे आयोजकले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016