२०७६ कार्तिक २६

गृहमन्त्रीको निष्कर्ष–मदिराको बढि प्रयोगले बलत्कार बढायो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले महिलालाई भोगविलासको साधनका रूपमा व्याख्या गरिएकाले पनि पछिल्लो समय बलात्कारका घटना बढेको बताएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले भने, ‘सांस्कृतिक चेतना, आर्थिक, सामाजिक, पुँजीवादी र सामन्तवादी आधारहरूले महिलालाई भोगविलासको साधन बनाएकाले बलात्कारका घटना बढेका छन्।’

 
मन्त्री थापाले सबैभन्दा बढी बलात्कारका घटना अमेरिकामा र त्यसपछि भारतमा हुने बताउँदै नेपालमा भएका घटनालाई न्यूनीकरण गर्ने गरी सरकारले काम गरिरहेको बताए। ‘प्रविधिको विकाससँगै साइबर क्राइममा भएको वृद्धि, घरेलु मदिराको अनियमित र अनियन्त्रित बिक्री वितरण र लागूऔषधको प्रयोग बलात्कारका मुख्य तीन कारण हुन्,’ उनले भने, ‘सामन्तवादका आधार पुँजीवादी चिन्तन र दलाल पुँजीवादले गर्दा नै यस्ता घटनामा वृद्धि भएका छन्। यसको नियन्त्रण गर्नुपर्छ।’

 
आफ्नो सुरक्षाका लागि सम्बन्धित नागरिक नै सचेत हुनुपर्ने बताउँदै उनले भने, ‘सरकारले मात्र सुरक्षा गरेर पुग्दैन, नागरिक तहबाटै छोरीचेलीको रक्षा गर्नुपर्छ।’ मदिराको बढी प्रयोगले आपराधिक घटना बढेको बताउँदै मन्त्री थापाले मदिरा बिक्री वितरणका लागि दिइने अनुमतिबाट राष्ट्रलाई करिब ४५ अर्ब रुपैयाँ राजश्व उठे पनि त्यसबाट राज्यले खर्बौंको क्षति बेहोर्नुपरेको पनि औंल्याए।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016