२०७६ कार्तिक २६

मैदानबाट रुँदैरुँदै बाहिरिए रोनाल्डो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा विभिन्न इतिहास आफ्नो नाममा लेखाएका पोर्चुगिज क्रिष्टियानो रोनाल्डोका लागि स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्सटको यात्रा त्यति सहज देखिएको छैन । च्याम्पियन्स लिगमा पछिल्ला ६ सिजन सर्वाधिक गोलकर्ता बन्दै आएका र सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डोले नयाँ क्लब युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्यु सायद जीवनभर भुल्ने छैनन्।

 

यो सिजनको च्याम्पियन्स लिग अभियान अन्तर्गत बुधबार राति समूह एच अन्तर्गतको पहिलो खेलका लागि स्पेनिस क्लब भ्यालेन्सियाको मैदान पुगेको रोनाल्डोसहितको युभेन्टस टिम आशको बलियो सञ्चार थियो । तर यो खेलको पहिलो हाफ नै रोनाल्डोका लागि र उनका फ्यान अनि युभेन्टस समर्थकका लागि निकै भयानक बनेर आयो ।

 

रोनाल्डोले खेलको २९ औँ मिनेटमा सीधै रातो कार्ड पाए र मैदान छोड्न बाध्य भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कुल १५४ खेल खेलेका छन् र यो पहिलो पटक हो उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको छ ।युभेन्टसबाट सिरी ए का सुरुका तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले चौथो खेलमा दुई गोल गरे, त्यो पनि च्याम्पियन्स लिगको यो खेल भन्दा केही दिनअघिको खेलमा ।

 

यसले रोनाल्डो अब लयमा फर्किएको देखियो । तर बुधबारको रात रोनाल्डोका लागि खेल जीवनकै खराब मध्ये एक बनेर आयो । उनले आँसु रोक्न सकेनन् । सन् २०१६ को युरोकप फाइनलको क्रममा चोटका कारण खेल्नै नसकेर मैदानबाट बाहिरिने क्रममा रोनाल्डो यसैगरी रोएका थिए । अहिले फेरि युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्युमा रोए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016