२०७७ असार २६

शनिबार होटल अन्नपूर्णमा अस्ट्रेलियाका कलेजहरुको शैक्षिक मेला

काठमाडौं । अस्ट्रेलिया अध्ययनमा जाने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको नेपकम्स सर्भिसेसले काठमान्डूमा शैक्षिक मेला आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्बर २२ शनिबारका दिन राजधानिको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा गर्न लागेको उक्त मेलामा अस्ट्रेलियाका प्रतिस्ठित २० भन्दा बढी कलेज तथा युनिभर्सीटिहरुको सहभागिता रहने छ ।

मेला बिहान १० बजे देखी बेलुका ५ बजे सम्म सन्चालनमा रहने छ । मेलामा निस्शुल्क प्रवेशको ब्यबस्था रहेको छ भने आई।ई।एल।टि।एस। रजिस्ट्रेसन तथा प्रि(टेस्टको समेत ब्यबस्था रहने छ । मेलामा विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रतिनिधित्व गर्ने डक्युमेन्टका साथ उपस्थित भएमा उपलब्ध भएको छात्रबृतीको लागि समेत ‘प्रोसेसिङ्’ गरिदिने ब्यबस्था गरिएको आयोजक कन्सल्टेन्सीका ‘बिजनेस डेभलपमेन्ट अफिसर’ सोवित श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थीका अभिभावकहरुको आर्थिक हैसियतका आधारमा कलेज छनोट गर्नु पर्ने हुदा उक्त मेलामा विद्यार्थीसगै अभिभावकको उपस्थती समेत उत्तिकै आवस्यक रहेको श्रेष्ठ बताउछन् ।  विद्यार्थीहरुको सहजता तथा आफ्नु सेवाको दायरामा विद्यार्थीहरुको सहज पहुच पुर्याउनका लागि कन्सल्ट्यान्सीले उपत्यका बाहिर पोखरामा समेत शाखा खोलि सेवा दिदै आइरहेको छ । त्यसैगरी बुटवल तथा धरानमा भने शाखा बिस्तार गर्ने तयारीमा छ। कम्पनीले अस्ट्रेलिया पुगिसकेका विद्यार्थीहरुलाई पनि कुनै किसिमको समस्या न आओस भनेर शाखा सम्पर्क कार्यालयबाट समेत सेवा दिदै आइरहेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016