२०७६ चैत्र १८

काठमाडौमा वर्षा, सुकुम्बासी बस्ती खतरामा

काठमाडौं – काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण विभिन्न खोला–नालामा जलस्तर बढेको छ । बागमती, विष्णुमतीलगायत नदीमा पानीको सतह बढेको छ ।

 

सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ । सो क्षेत्रमा बागमती नदीको जलस्तर बढेर सुकुम्बासी बस्तीका कयौं घरको जग तथा पर्खालसम्म पुगेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालका वर्षा हुने सम्भावना छ । सोमबार दिउँसो पश्चिम क्षेत्रका थोरै र मध्य तथा पूर्व क्षेत्रका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार मंगलबार भने दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थान तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ । त्यस्तै बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016