सिसडोलबासीको पिडा : जताततै फोहोरको चुचुरो छ, हामी स्वच्छ वातावरणमा बांच्न पाउने अधिकार छैन सरकार ! फोटो फिचर
सिसडोलबासी रामशरण थापा हामीलाई यस्तो लेख्छन् – जस्ताको तस्तै
१३ वर्ष भन्दा अघि सिसडोल अस्थायी ल्यान्डफिल्ड साइट नामाकरण गरेर आज पनि काठमाडौं, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर जवर्जस्ती रुपमा डम्पिङ गर्ने काम भएको छ । नुवाकोटको सिसडोलमा २०६२ साल जेठ २२ गते बिश्व वातावरण दिवस पारेर वार्षिक भाडा एक करोड तथा त्यस ठाउँको विकास निर्माण गरिदिने स्वार्थमा फोहोर डम्पिङ गर्ने दिइयो र ३ वर्षको लागि सम्झौता समेत गरियो तर आज १३ वर्ष वितिसकेको छ त्यस ठाउँका जनताहरुलाई घोर अन्याय गरिएको छ ।
विकास निर्माणहरुको कुरा परै जाओस् स्वच्छ वातावरणमा बांच्न पाउने अधिकार खोसिएको छ । दिर्घकालिन डम्पिङ साइट बन्चरे डांडा जो सिसडोल वाट १५०० मिटरको दुरिमा छ त्यस ठाउंमा अझै वाटो समेत खोलिएको छैन । महानगरपालिका कानमा तेल हालेर वसेको छ । सिसडोल पुरै फोहोरै फोहरको चुचुरो बनेको छ । आखिर हामी किन चुपचाप छौं रुरु हाम्रो ठाऊँ र गाऊँ बचाउने नैतिक दायित्व हाम्रो होइन र रुरु देशमा संघियता लागु भयो स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार बन्यो यो तिनवटै सरकारलाई त्यस ठाऊँको वारेमा थाहा छ तर किन चुपचाप छन ?
आज भन्दा एक महिना अगाडि फोहोर रोकियो तर त्यहाँका स्थानीय वासिन्दाले रोकेका थिएनन् फोहोर फाल्ने डांडोमा फोहोरको गाडी चढ्न नसकेकोले तर त्यसको वारेमा विभिन्न पत्र पत्रिकाहरुमा समाचार छापियो मिडियाले काठमाडौं महानगरपालिका को मेयरलाई फोहोर किन रोकियो भनेर सोधे लाजै पचाएर मेयरले मलाई थाहा छैन समेत भने ।
म सवै साथीहरुलाई पुनः आग्रह गर्न चाहान्छु हाम्रो ठाऊँको भविष्यको वारेमा हामीहरुले नसोचे कसले सोच्ने सम्वन्धित वडाका वडा अध्यक्षहरुलाई समेत साथ साथै लिई हामी आ-आफ्नो ठाऊँवाट यसको समाधान को लागि पहल गरौं !








Leave a Reply
Be the First to Comment!