२०७६ चैत्र १८

आज र भोली भारी बर्षा हुन सक्ने, सतर्क रहन पूर्वानुमान शाखाको सुझाव

 

काठमाडौं -जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले देशका विभिन्न ठाउँमा वर्षा हुने भएकाले नागरिकलाई सतर्क रहन अपील गरेको छ।

 

रातको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा र पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

 

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरु हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै देशको केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।

 

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशको केही स्थानहरु हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

रातको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै देशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016