२०७७ कार्तिक ३

आजको पत्रपत्रिका : कृषि मन्त्रालय ट्क्रयाईएको देखि ढलान गरेको तीन दिन मै भत्कियो पुल

 
कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो
काठमाडौं– सरकारले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएको छ। स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो।

 

उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्हालिरहेका छन्। राज्यमन्त्रीमा पनि फोरमकै मान्छे ल्याउनुपर्ने अवस्था आएपछि अर्याललाई व्यवस्थापन गर्न मन्त्रालय फुटाउन परेको हो। अर्याल नेकपाकी सांसद हुन्।

 

बैठकको निर्णयअनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय बनाइएको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। मन्त्रालय फुटाएसँगै अब प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको संख्या २२ पुगेको छ।

 

मन्त्री अर्याललाई अब भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल भने अब कृषि तथा पशुपंक्षी मन्त्री हुनेछन्। -नागरिक दैनिक

 

 

ढलान गरेकै तेश्रो दिनमा भत्कियो पुल

 

डडेल्धुरा -डडेल्धुरा जिल्लाको भागेश्वर गाँउपालिका र अजयमेरु गाँउपालिका जोड्ने सडक खण्डको सेरागाडमा निर्माणाधिन पक्की मोटरेवल सडक पुल भत्किएको छ ।
भारी बर्षादका बेला चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकी देखिको अविरल बर्षाका कारण भत्किएको हो । डिभिजन सडक कार्यालय कुलपाते, दिपायलद्वारा निर्माण भईरहेको सो पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा।ली।सँग ठेक्का सम्झौता भएको थियो ।
भ्याटसहित कुल ५ करोड एक लाख रुपैयामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई बर्षको समयावधि तोकिएको थियो । २०७४ साल भदौ २४ गते ठेक्का अवधी सकिए पछि २०७५ भदौ ९ गते सम्म काम सक्नेगरि म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।

 

 
बर्षातको समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधिन पुल भत्किएको डिभिजन सडक कार्यालय डोटीका इन्जिनियर महानन्द जोशीले बताए । देशभरिमै ख्याती प्राप्त निर्माण कम्पनी भएकाले केहि क्षति भएपनि पुल निर्माणमा बाधा नपुग्ने उनले दाबी गरे ।
बिकोई बिल्र्डस प्रा।ली। का सञ्चालक होमनाथ कोईराला सडक विभागकै पुर्व इन्जीनियर हुन । “सानोेतिनो पानी परिरहेकाले क्षति नपुग्ने अनुमान गरेर काम गरिरहेका थियौ,” निर्माण कम्पनीका साईड इन्चार्ज इन्जिीनियर तिर्थ गुरुङले भने, “एक्कासी ठुलो पानी परेपछि बाढीका कारण निर्माणाधिन पुल भत्किँएको हो ।”

 
“गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी बर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले चरम लापरवाहीका कारण पुल भत्किएको अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले बताए ।

 

निर्माण सामग्रीको गुणस्तरको बारेमा आफुले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउदै उनले निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताए । निर्माण कम्पनीले भने झण्डै एक करोड बराबर क्षति भए पनि अगामी मंसिर सम्म पुल निर्माण कार्य सक्नेगरि पुलको पुर्ननिर्माण गरिने जनाएको छ । निर्माणाधिन पुलको क्षतिको विवरण भने तयार भएको छैन ।

 

४० मिटर लम्बाई र ११ मिटर चौडा सो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । पुलको अभावमा बर्षायाममा यातायात सेवा अवरुद्ध हुने र खोलामा आउने बाढीका कारण बर्षेनी जनधनको क्षति हुने गरेको स्थानीय अगुवा तारक खडका बताउछन । राजधानी दैनिक

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016