आकासबाट पर्ने पानी कि धुलो ! गम्भिर असर पनि गर्न सक्छ
काठमाडौं – तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको वर्षा भइरहेको छ । अरब सागर र थार मरुभूमिदेखि राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो ।
गत शुक्रबार पश्चिम कैलाली र तराई संगै पहाडी जिल्लामा समेत राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण एकछिन अचम्मित भएका थिए ।
बाहिर राखिएका भाँडाकुँडामा पनि पहेँलो पानी देखिएको थियो । यस्तोखालको वर्षा नेपालमा पहिलोपटक भएपछि सर्वसाधारण आत्तिएका थिए । पार्किङ गरेर राखिएको मोटरसाईकलमा समेत पहेंलै धुलो देखिएको थियो ।
तर, यस्तोखालको वर्षा नेपालमा नभए पनि भारतलगायत अन्य देशमा यसअघि पनि हुने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालका विभिन्न क्षेत्रमा सर्वसाधारणले महसुस गर्ने गरी धुलो मिस्सिएको पहेँलोखालको वर्षा भएको यो पहिलोपटक हो । त्यसैले धेरैलाई आश्चर्य लागेको हो ।’
परीक्षण गरेपछि मात्र वर्षाको असर भन्न सकिने पहेँलो धुलोसहितको वर्षाले मानव स्वास्थ्यमा असर गर्नेरनगर्ने विषयमा परीक्षण गरेपछि मात्रै भन्न सकिने वातावरणविद्हरुले बताएका छन् ।
‘धुलोका कणसँग विभिन्न उद्योगधन्दाको धुवाँ मिसिएर आएको छ भने खराब हुन सक्ने उनीहरुको भनाई छ ।’








Leave a Reply
Be the First to Comment!