२०७६ मंसिर २८

माईक्रो र ट्रक ठोक्किदा तीन जनाको मृत्यु, सात घाईते

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा शुक्रबार बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।

 

काठमाडौंबाट नारायणगढ आउँदै ना६ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७६९२ नम्बरको माईक्रो बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

 

घाईतेलाई भरतपुरतर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रहरीका अनुसार ट्रक सडकबाट ५० मिटर तल खसेको छ । विहान ७ः२० मा भएको सो दुर्घटनामा परि ट्रक र माईक्रोका चालक सामान्य घाईते भएका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016