२०७७ आश्विन १०

यस्तो छ प्रदेशलाई बजेट

 

काठमाडौँ -सरकारले आगामी आर्थिक वर्ष २०७५ र ७६ लागि ल्याएको बजेटमा सबैभन्दा धेरै बजेट एक नम्बर प्रदेशले पाएको छ । केन्द्र सरकारले प्रदेश सरकारलार्इ एक खर्ब १३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो । सबैभन्दा कम बजेट भने ४ नम्बर प्रदेशको भागमा परेको छ।

 

सरकारले प्रदेश नम्बर १ लार्इ १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यसैगरी सबैभन्दा कम बजेट प्रदेश नम्बर ४ लार्इ बिनियोजन गरिएको छ । प्रदेश नम्बर ४ को भागमा १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ बजेट परेको छ ।

 

त्यसैगरी प्रदेश नम्बर २ को भागमा १६ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बजेट परेको छ । केन्द्रीय राजधानीसमेत रहेको प्रदेश नम्बर ३ लार्इ सरकारले १६ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ बजेट दिएको छ ।

 

त्यसैगरी प्रदेश नम्बर ५ को भागमा १६ अर्ब ५४ करोड रुपैयाँ बजेट परेको छ। मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको कर्णाली प्रदेशको भागमा सरकारले १६ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बजेट पारेको छ ।

 

प्रदेशन नम्बर ७ को भागमा सरकारले १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट परेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016