२०७६ मंसिर २८

ट्राफिकको कडाई , अव माईक्रोबसले यात्रु उभ्याउन नपाउने

काठमाडौं -सार्वजनिक यातायातको सकस पुर्ण यात्रालाई रोक्न अव भने ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ । सार्वजनिक यातायातमा सुधार र ट्राफिक नियम पालना गर्ने संस्कृति विकास गर्न कडाइ गर्न लागिएको हो।

 

आइतबारदेखि उपत्यकामा कुनै पनि माइक्रोबसहरुले सिट संख्याभन्दा बढी यात्रु बोक्न पाउने छैनन्। गत बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न निर्देशन दिएपछि कडाइ सुरु भएको हो।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबारदेखि सिट संख्याभन्दा धेरै यात्रु बोक्ने सबै माइक्रोलाई कारबाही गरिनेछ। बढी पैसा कमाउन नियम मिचेर क्षमताभन्दा धेरै यात्रु कोच्ने गरेकाले उपत्यकामा माइक्रोबसको यात्रा निकै सकसपूर्ण हुने गरेको छ।

 

यस्तै, मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारबाहीलाई तीव्रता दिएको छ। डिजिटल मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट ट्राफिक महाशाखाले मगाएर कारबाही थालेको छ।
ट्राफिक नियम उल्लंघन गर्दा तिराइने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उल्लंघन बढी गर्ने गरेकोे गुनासोका आधारमा ट्राफिक जरिवाना पनि बढाउन लागिएको छ।

 

हाल ट्राफिक नियम उल्लंघ गर्दा पाँच सयदेखि एक हजारसम्म जरिवाना छ। यसलाई बढाएर तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म पुर्‍याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरु गरेको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016